
काठमाडौं । मौसम विभाग अन्तर्गतको बाढी पुर्वानुमान महाशाखाले आज देशभर वर्षा हुने भन्दै विभिन्न जिल्लामा सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले बुलेटिन जारी गर्दै देशकार अधिकांश सानाठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको भन्दै ती नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन भनेको हो ।
आज इलाम, झापा, मोरङ, सुनसरी, ताप्लेजुङ, संखुवासभा, पाँचथर, तेह्रथुम, धनकुटा, खोटाङ, ओखलढुंगा, रसुवा, सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, धादिङ, काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुली, कास्की, पर्वत, म्याग्दी, बागलुग, लमजुङ, गोरखा, सल्यान, सुर्खेत र दैलेखमा आकस्मिक बाढीको ‘मध्यम’ जोखिमको ‘उच्च सम्भावना’ औँल्याइएको छ । यी जिल्ला भई बहने साना नदीमा बहाव उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान छ ।
त्यस्तै सोलुखुम्बु, रामेछाप, भोजपुर, बारा, रौतहट, सर्लाही, महोत्तरी, मकवानपुर, काभ्रेपलाञ्चोक, कपिलवस्तु, रुपन्देही, दाङ, बाँके, जाजरकोट, कालीकोट, डोटी, बाजुरा, अछाम, बझाङ, जुम्ला, बैतडी र डडेलधुरा भई बहने साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने सम्भावना छ । यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको ‘मध्यम’ सम्भावना रहने महाशाखाले जनाएको छ ।
Sudina Shrestha
प्रकाशित: ५ श्रावण २०८२, आईतवार ११:१९
बाढीले पुर्याएको भौतिक संरचनाहरुको पुनर्निर्माणमा सहयोग गर्ने चिनीयाँ प्रतिबद्धता

बंगलादेश वायुसेनाको प्रशिक्षण विमान ढाकास्थित विद्यालयमा दुर्घटनाग्रस्त

नेप्सेमा दोहोरो अंकको बृद्धि, १६ अर्बको कारोबार

साउनको पहिलो सोमबारको अवसरमा मन्त्री पाण्डेले गरे पशुपतिनाथ परिसरको अनुगमन

नेपाल र चीनबीच चार परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

भण्डारीसँगको भेट बारे ओलीको केन्द्रीय कमिटीमा ब्रिफिङ
