
काठमाडौँ । अमेरिकामा एक यात्रुवाहक विमानको आपतकालीन अवतरण गरिएको छ ।
रिपोर्टका अनुसार, डेल्टा एयरलाइन्सको बोइङ विमान शुक्रबार लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलबाट एटलान्टाका लागि उडेको थियो, तर उडान भरेको केही समयपछि नै यसको एउटा इन्जिनमा आगो लागेको थियो । यसपछि, विमान आपतकालीन अवतरणको लागि फर्कनुपर्यो ।
घटनाको भिडियो सार्वजनिक भएको छ, जसमा बोइङ ७६७-४०० विमान हावामा देख्न सकिन्छ र यसको बायाँ इन्जिनबाट आगो निस्किरहेको छ ।
विमान धावनमार्गमा अवतरण गरेपछि, अग्निनियन्त्रकहरूले इन्जिनमा लागेको आगो नियन्त्रण गरेका थिए । यस घटनामा विमानमा रहेका सबै यात्रू सकुशल रहेका छन् ।
रिपोर्टका अनुसार विमानले पहिले प्रशान्त महासागर माथि उडेर त्यसपछि डाउनी र प्यारामाउन्ट क्षेत्रहरूमाथि फर्किएकाले चालक दललाई चेकलिस्ट पूरा गर्न र सुरक्षित अवतरणको लागि तयारी गर्न समय मिलेको उल्लेख छ ।
आगलागीको कारण अझै स्पष्ट नभएको बताइएको छ । अमेरिकी संघीय उड्डयन प्रशासनले घटनाको अनुसन्धान सुरु गरेको छ । विमान लगभग २५ वर्ष पुरानो भएको र यसमा जनरल इलेक्ट्रिक सी एफ६ इन्जिनहरू रहेको उल्लेख छ ।
Sudina Shrestha
प्रकाशित: ५ श्रावण २०८२, आईतवार १०:५५
बाढीले पुर्याएको भौतिक संरचनाहरुको पुनर्निर्माणमा सहयोग गर्ने चिनीयाँ प्रतिबद्धता

बंगलादेश वायुसेनाको प्रशिक्षण विमान ढाकास्थित विद्यालयमा दुर्घटनाग्रस्त

नेप्सेमा दोहोरो अंकको बृद्धि, १६ अर्बको कारोबार

साउनको पहिलो सोमबारको अवसरमा मन्त्री पाण्डेले गरे पशुपतिनाथ परिसरको अनुगमन

नेपाल र चीनबीच चार परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

भण्डारीसँगको भेट बारे ओलीको केन्द्रीय कमिटीमा ब्रिफिङ
