
काठमाडौँ । आज संघीय संसदका पाँच समितिको बैठक बस्दैछ । आज प्रतिनिधि सभाका तीन र राष्ट्रिय सभा अन्तर्गतका दुई समितिको बैठक बस्दैछ ।
आज प्रतिनिधि सभाका कानुन, न्याय तथा मानव अधिकार समिति, महिला तथा सामाजिक मामिला समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ ।
त्यस्तै राष्ट्रिय सभाका विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।
आज दिउसो १ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा विश्वव्यापी आवाधिक समिक्षा सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग छलफल हुने कार्यसूची रहेको छ ।
त्यस्तै बिहान ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा मधेशी आयोगको वार्षिक प्रतिवदेन (आ.व २०८०/८१) माथि छलफल हुने कार्यसूची रहेको छ । त्यसैगरी आज बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मिडिया काउन्सिल विधेयकमाथि सैदान्तिक छलफल हुने कार्यसूची रहेको छ ।
त्यस्तै आज दिउसो १ बजे बस्ने राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची रहेको छ । त्यसैगरी बिहान साढे ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ ।
Sudina Shrestha
प्रकाशित: ५ श्रावण २०८२, आईतवार १०:२७
साउनको पहिलो सोमवार शिवालयमा घुईंचो, पशुपतिनाथ मन्दिरको चारै ढोका खुला

मौसम पूर्वानुमानः यी स्थानमा भारी वर्षाको सम्भावना

नौ वर्षदेखि बस्न नसकेको नेपाल–भारत गृह सचिवस्तरीय बैठक यसै हप्ता

बलात्कार आरोपमा मधेसका पूर्वप्रदेश प्रमुख राजेश झा अहिराज पक्राउ

एमालेले देश, जनता, लोकतन्त्र र गठबन्धनलाई धोका दियो: शेखर कोइराला

साफ यू–२० महिला च्याम्पियनशिपः उपाधिका लागि नेपालले बङ्गलादेशलाई हराउनै पर्ने
