२० वर्षदेखि कोमामा रहेका साउदीका राजकुमार वालिदको निधन

एजृन्सी । साउदीका राजकुमार अल वालिद बिन खालिद बिन तलाल अल सउदको निधन भएको छ । २० वर्षदेखि कोमामा रहेका राजकुमार वालिदको शनिबार ३६ वर्षको उमेरमा निधन भएको हो ।

उनी १५ वर्ष छँदा सन् २००५ मा लन्डनमा सैनिक तालिम लिँदै गरेका बेला कार दुर्घटनामा परी गम्भीर घाइते भएका थिए । उनको मस्तिष्कमा गहिरो चोट र आन्तरिक रक्तस्राव भएको थियो । त्यसपछि उनी कहिल्यै पूर्ण रूपमा होसमा फर्कन नसकेका हुन् ।

उनलाई अमेरिकी र स्पेनी चिकित्सकहरूको विशेष निगरानीमा राखिएको थियो । कतिपय समय उनका शरीरमा हुने स–साना अनियन्त्रित गतिविधिहरूले परिवारमा आशा जगाएको भनेर गल्फ न्युजले लेखेको छ ।

त्यतिबेला शरीरका केही अंगहरू चलेकोजस्तो देखिने भिडिओहरू पनि सार्वजनिक भएको गल्फ न्युजले जनाएको छ । शनिबार उनको निधन भएपछि धेरै मानिसहरूले सामाजिक सञ्जालमार्फत उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । राजकुमार वालिद ुस्लिपिङ प्रिन्सु नामले चिनिन्थे । दुर्घटनापछि लामो समयदेखि होसमा नआएका कारण उनलाई ुस्लिपिङ प्रिन्सु उपनाम दिइएको थियो ।

Sudina Shrestha

प्रकाशित: ५ श्रावण २०८२, आईतवार ०९:३१