एजृन्सी । साउदीका राजकुमार अल वालिद बिन खालिद बिन तलाल अल सउदको निधन भएको छ । २० वर्षदेखि कोमामा रहेका राजकुमार वालिदको शनिबार ३६ वर्षको उमेरमा निधन भएको हो ।
उनी १५ वर्ष छँदा सन् २००५ मा लन्डनमा सैनिक तालिम लिँदै गरेका बेला कार दुर्घटनामा परी गम्भीर घाइते भएका थिए । उनको मस्तिष्कमा गहिरो चोट र आन्तरिक रक्तस्राव भएको थियो । त्यसपछि उनी कहिल्यै पूर्ण रूपमा होसमा फर्कन नसकेका हुन् ।
उनलाई अमेरिकी र स्पेनी चिकित्सकहरूको विशेष निगरानीमा राखिएको थियो । कतिपय समय उनका शरीरमा हुने स–साना अनियन्त्रित गतिविधिहरूले परिवारमा आशा जगाएको भनेर गल्फ न्युजले लेखेको छ ।
त्यतिबेला शरीरका केही अंगहरू चलेकोजस्तो देखिने भिडिओहरू पनि सार्वजनिक भएको गल्फ न्युजले जनाएको छ । शनिबार उनको निधन भएपछि धेरै मानिसहरूले सामाजिक सञ्जालमार्फत उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । राजकुमार वालिद ुस्लिपिङ प्रिन्सु नामले चिनिन्थे । दुर्घटनापछि लामो समयदेखि होसमा नआएका कारण उनलाई ुस्लिपिङ प्रिन्सु उपनाम दिइएको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-20
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
