
काठमाण्डौं । ‘प्रि–मनसुन’ शुरु भएपछि पहिलो पटक हिजो काठमाण्डौसहित देशभर पानी परेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर बदली रहनुका साथै विभिन्न ठाउँमा पानी परेको छ ।
कोशी प्रदेश र मधेस प्रदेशको पूर्वी भेगबाहेक देशभर पानी परेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पानी परेको छ । उच्च पहाडी र हिमाली भेगमा हिमपात भएको छ ।
नेपालमा पश्चिमी वायुको प्रभाव कायमै रहेको र आजदेखि मौसममा क्रमिक सुधार हुने मौसमविद्ले बताएका छन् । ‘प्रि–मनसुन’ मा विशेष गरेर बिहानदेखि मध्याह्नसम्म घाम लाग्ने, दिउँसोपछि बदली हुनाका साथै मेघगर्जन र चट्याङसहित पानी पर्ने गर्छ । मार्च, अप्रिल र मे महिनालाई ’प्रि–मनसुन’ को अवधि मानिन्छ ।
Sudina Shrestha
प्रकाशित: २१ फाल्गुन २०८०, सोमबार ०७:५८
पूर्वराष्ट्रपति भण्डारीको बालेनसँग अर्थपूर्ण भेटवार्ता

गोकुल बास्कोटाको चेतावनीः पार्टीमा निषेध लागु हुनै सक्दैन

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकसहित १४ जनाविरुद्ध मुद्धा दायर

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसदका दुई समितिको बैठक बस्दै

हे युवा तिमी हौ देशको शक्ति – जी.शाह
