काठमाण्डौं । ‘प्रि–मनसुन’ शुरु भएपछि पहिलो पटक हिजो काठमाण्डौसहित देशभर पानी परेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर बदली रहनुका साथै विभिन्न ठाउँमा पानी परेको छ ।
कोशी प्रदेश र मधेस प्रदेशको पूर्वी भेगबाहेक देशभर पानी परेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पानी परेको छ । उच्च पहाडी र हिमाली भेगमा हिमपात भएको छ ।
नेपालमा पश्चिमी वायुको प्रभाव कायमै रहेको र आजदेखि मौसममा क्रमिक सुधार हुने मौसमविद्ले बताएका छन् । ‘प्रि–मनसुन’ मा विशेष गरेर बिहानदेखि मध्याह्नसम्म घाम लाग्ने, दिउँसोपछि बदली हुनाका साथै मेघगर्जन र चट्याङसहित पानी पर्ने गर्छ । मार्च, अप्रिल र मे महिनालाई ’प्रि–मनसुन’ को अवधि मानिन्छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-03-04
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
