
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको हुँदा कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार ती प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ । यसैगरी देशको उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।
त्यसैगरी विभागका अनुसार आज राति देशभर साधारणतया बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि विभागद्वारा जारी मौसम बुलेटिनमा उल्लेख छ ।
Sudina Shrestha
प्रकाशित: ५ श्रावण २०८२, आईतवार ०९:०५
बैंक तथा वित्तीय संस्था बाहेकका अनुमतिपत्र प्राप्त संस्थालाई लाभांश वितरणसम्बन्धी मार्गदर्शन जारी

पोलिटब्युरो बैठकले भ्रम, अफवाह र अराजकताका कथा रोकेको महेश बस्नेतको दाबि

मोहन बैद्य निवासमा प्रचण्ड, स्वास्थ्य अवस्थाबारे चासो

विद्या भण्डारी च्यासल जादै, सदस्यता विवाद बारे ओलीसँग छलफल हुने

प्रधानमन्त्री ओलीको भारत भ्रमणको मिति तय

मप्रति अध्यक्ष लिङदेनले अन्याय गरेकाले आयोगमा आए- मुकुन्दश्याम गिरी
