काठमाडौँ । ‘मिस नेपाल नर्थ अमेरिका–२०२६’का लागि आवेदन खुला भएको छ । यस प्रतियोगितामार्फत अमेरिकामा बसोबास गर्ने नेपाली युवतीहरूले आफ्नो सौन्दर्य, प्रतिभा र व्यक्तित्व प्रस्तुत गर्ने अवसर पाउनेछन् ।

सहभागीहरूले विभिन्न तालिम, ज्ञान र अनुभव प्राप्त गर्दै आफ्नो क्षमता प्रदर्शन गर्न सक्नेछन् । प्रतियोगिताको ग्राण्ड फिनाले अमेरिकाको वाशिङ्टन डी.सी. मा आयोजना हुनेछ ।

उत्तर अमेरिकामा बसोबास गर्ने नेपाली युवतीहरूका लागि प्रतिष्ठित प्रतियोगिता ‘मिस नेपाल नर्थ अमेरिका २०२६’को आवेदन खुला गरिएको हो । यस वर्षको संस्करण भने नयाँ लोकेशनमा आयोजना हुने भएको छ ।

‘नेपाली महिलालाई सशक्त बनाउँदै, आगामी पुस्तालाई सशक्त बनाउने’ भन्ने नारासहित आयोजना हुन लागेको यस प्रतियोगिताको ग्राण्ड फिनाले आगामी जुलाई २५ (२०८३ साउन ९) गते वासिङ्टन डी.सी.मा हुने तय भएको छ ।

आयोजक संस्था ड्रिम्स युनिभर्सलका अनुसार यसअघि लगातार आठ संस्करणसम्म न्यूयोर्कमा हुँदै आएको प्रतियोगिता पहिलोपटक वासिङ्टन डी.सी.मा हुने भएको हो । आयोजक प्रमुख शैलेन्द्र श्रेष्ठले लोकेशन परिवर्तनले कार्यक्रमलाई अझ फरक र भव्य बनाउने विश्वास व्यक्त गरेका छन् ।

यस संस्करणमा यूएसए इन्टरटेन्मेन्ट कम्पनीले लोकल होस्टका रूपमा सहकार्य गर्नेछ । नेपाली समुदायमा ठूला कार्यक्रमहरू आयोजना गर्दै आएको यस कम्पनीको सहभागिताले प्रतियोगिताको स्तर अझ उकास्ने अपेक्षा गरिएको छ । आयोजकका अनुसार यस वर्षको फिनालेमा नेपाली सिने क्षेत्र तथा विभिन्न क्षेत्रका चर्चित सेलिब्रेटीहरूको पनि उल्लेखनीय उपस्थिति रहने बताइएको छ । जसले कार्यक्रमलाई अझ ग्ल्यामरस बनाउनेछ ।

मिस नेपाल अर्थ अमेरिका २०२५ मा दीया श्रेष्ठ विजेता भएकी थिइन् । यसका विजेताले दि हिडन ट्रेजर नेपालले आयोजना गर्ने मिस नेपालमा सिधै भाग लिन व्यवस्था गरेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-06-12
विश्वको पहिलो खर्बपति बन्ने तयारीमा एलन मस्क
Chief Whip of the Rastriya Prajatantra Party (RPP), Khusbu Oli riticizes Foreign Minister over handling of Nepal-India border issue
सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग कार्यान्वयन गर्ने निर्णय
राष्ट्रिय खुला महिला बास्केटबल असार पहिलो सातादेखि
वेस्टमिन्स्टर प्रणालीमा संसद् नै सर्वोच्च संस्था : अर्थमन्त्री स्वर्णिम वाग्ले
२०८३ जेठ २९ गते शुक्रबार : आजको राशिफल
