काठमाडौं । फिल्म ‘है जवानी तो इश्क होना है’को प्रचारका लागि आइतबार नेपाल आइपुगेका बलिउड अभिनेता राकेश बेदीले पशुपतिनाथको दर्शन गरेका छन् । उनले सोमबार बिहान सहकर्मीहरूसँग पशुपतिको दर्शन गरेका थिए । उनी आइतबार नेपाल आइपुगेका थिए ।

बेदी निओम फिल्म्स र क्यापिटल वल्र्ड ग्रुपका वितरक कश्यप नरेन्द्र वेद र नवीन उदासको निमन्त्रणामा नेपाल आएका हुन् । निओम फिल्म्स र क्यापिटल वल्र्ड ग्रुपका वितरक वेद र उदासले नेपाल र भारतबीचको फिल्म उद्योग सहयोगलाई अझ सुदृढ बनाउने उद्देश्यले यो भ्रमणको आयोजना गरेका हुन् । उनले विभिन्न हलहरूको भ्रमण गरेर दर्शकहरूसँग अन्तरक्रिया पनि गर्नेछन् । बेदी मंगलबार भारत फर्कनेछन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-06-08
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
