काठमाडौं । शुभेक्षा अन्तर्राष्ट्रिय अस्पताल, सितापाइलामा अवस्थित अस्पतालमा अङ्कोलोजी (क्यान्सर उपचार) विभाग औपचारिक रूपमा स्थापना भएको छ ।

नेपालका क्यान्सर पीडित बिरामी तथा तिनका परिवारको पीडा र आवश्यकतालाई मनन गर्दै, शुभेक्षा अन्तर्राष्ट्रिय अस्पतालले यो ऐतिहासिक कदम चालेको हो । यस विभागको स्थापनाले अब बिरामीहरूलाई उपचारका लागि विदेश धाउनुपर्ने बाध्यता हटाउनेछ

सुविधा सम्पन्न अस्पतालका विशेषज्ञ चिकित्सक दल, अत्याधुनिक उपकरणयुक्त छ । यस अस्पतालको उद्देश्य प्रत्येक बिरामीलाई गुणस्तरीय, किफायती र मानवीय क्यान्सर उपचार उपलब्ध गराउनु हो ।

अस्पतालका विशेषज्ञ चिकित्सक दल, अत्याधुनिक उपकरण र बिरामीकेन्द्रित सेवाका साथ हामी क्यान्सर उपचारमा एक नयाँ अध्याय थालिनेमा विश्वस्त छन् ।
शुभेच्छा अस्पतालको अन्कोलोजी विभागका प्रमुख डा. समीम अख्तर हुन् । उनी विशेषज्ञ हेरचाहको साथ क्यान्सरका बिरामीहरूको सेवा गर्न कटिबद्ध छन् । उनी केमोथेरापी, इम्युनोथेरापी, प्यालिएटिभ हेरचाहको लागि परिचित छन् । उनको अनुभवी काम र उत्कृष्ट पर्यवेक्षणमा बिरामीहरूले राम्रो व्यक्तिगत अन्कोलोजी उपचार पाइरहेका छन्।

अस्ततालमा विरामीको लागि निम्न बमोजिमका सेवाहरू प्रदान गरिनेछ । कीमोथेरापी सेवा, रेडियोथेरापी, क्यान्सर निदान तथा जाँच, विशेषज्ञ परामर्श सेवा, इम्युनोथेरापी, मनोसामाजिक सहयोग आदि हुन ।

यस अस्पतालका उद्देश्य प्रत्येक बिरामीलाई गुणस्तरीय, किफायती र मानवीय क्यान्सर उपचार उपलब्ध गराउनु हो । यो विभागको स्थापना राष्ट्रसेवाप्रतिको प्रतिबद्धताको प्रतीक हो । हामी सम्पूर्ण बिरामी, तिनका परिवार र शुभचिन्तकहरूलाई यस नयाँ विभागको सेवा लिन हार्दिक स्वागत गर्दछौं। थप जानकारीका लागि अस्पतालमा सम्पर्क गर्नुहोस् ।
शुभेक्षा अन्तर्राष्ट्रिय अस्पताल प्रा. लि. सितापाइला, काठमाडौं, नेपाल टेलिफोनः ०१५३८९५३४/५३८९५३५/५३०२०२८ इमेलः [email protected] website: www.sihrc.com.np
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-05-31
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
