काठमाडौं । युवराज्ञी हिमानी राज्यलक्ष्मी शाह र राजकुमारी दिलाशा राज्यलक्ष्मी राणाद्वारा राष्ट्रिय आविष्कार केन्द्रको अवलोकन भ्रमण हुनुमा सब देशभक्तहरु माझ सकारात्मक सन्देशका रुपमा लिइयो । उहाँहरूलाई विद्वान वैज्ञानिक महावीर पुनज्यूले स्वागत गर्नु अझ अर्थपूर्ण देखियो ।
महावीर पुनज्यू जब संसद भवनभित्र प्रवेश गर्नुभयो, त्यसपछि उहाँले सायद अझ नजिकबाट बुझ्नुभयो होला—देश चलाउन केवल भाषण, दलगत स्वार्थ र कुर्सीको खेल पर्याप्त हुँदैन; राष्ट्रहित, दीर्घकालीन सोच र स्थिर संरचनाको पनि ठूलो महत्व हुन्छ । त्यसैले राजसंस्थाको ऐतिहासिक र राष्ट्रिय भूमिकाबारे उहाँको बुझाइ अझ गहिरिएको हुन सक्छ ।

नेपालमा राजसंस्था पुनस्र्थापना भएपछिको राष्ट्रिय पुनर्निर्माणमा महावीर पुनज्यूजस्ता इमानदार, वैज्ञानिक सोच भएका व्यक्तित्वलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बनाइनुपर्छ । कम्तीमा १० वर्ष पूर्ण स्वायत्त अधिकारसहित जिम्मेवारी दिए नेपालले अनुसन्धान, आविष्कार र उत्पादनमा ठूलो फड्को मार्न सक्छ ।


रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-05-31
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
