- हरि गोपाल प्रधान, अध्यक्ष नेपाल क्यान्सर निवारण प्रतिष्ठान
जनमानसमा चेतना अभिबृद्धि गर्ने तथा यसका लक्षणहरु एवं रोगको रोकथाम गर्ने उद्देश्यले २०८२ साल, जेठमा स्थापना भएको नेपाल क्यान्सर निवारण प्रतिष्ठानले उल्लेखनीय उपलब्धि हासिल गरको छ । नेपालमा समाजसेवाको औपचारिक इतिहास केलाउँदा हामीले विक्रम सम्वत १९९० साल माघ २ गते (सोमबार) गएको विनाशकारी महाभूकम्पपछिको घटनासम्म पुग्नुपर्छ, अनि ‘परोपकार प्रतिष्ठान’को स्थापना भएदेखिका सामाजिक कार्यहरू हेर्नुपर्छ । विभिन्न चरणहरू पार गरेर अनि विभिन्न कष्टहरू झेलेर समाजसेवीहरूले अझसम्म आफूलाई राष्ट्र र जनताको सेवामा समर्पण गरिरहेका छन् । उनीहरू अर्बुद जस्तो डरलाग्दो रोगको नियन्त्रणका लागि समेत क्रियाशील छन् ।

अर्बुद ९ऋबलअभच० रोग जस्तो भयावह रोग विरुद्धको लडाईमा एउटा अगुवाई प्रतिष्ठानको रुपमा यस रोग विरुद्धको अभियानमा समर्पित रहेको यस प्रतिष्ठानले विभिन्न अन्य प्रतिष्ठानहरु नेपाल सरकार, स्थानिय निकाय, विदेशी तथा स्वदेशी संघ, प्रतिष्ठानहरु र नीजी क्षेत्रसँग सहकार्य गर्दै आफ्नो उद्देश्य प्राप्ति प्रति अग्रसर रहँदै आएको छ । शुरुका दिनहरुमा नेपाल जस्तो गरिव मुलुकको लागि क्यान्सर रोगको उपचार सर्वसाधारणको पहुँच भन्दा बाहिरको कुरा थियो । यसको उपचार अत्यन्त महँगो हुने भएकोले केही प्रतिशत व्यक्तिहरुले मात्र विदेशमा गई उपचार गदर्थे ।
उपचारात्मक क्षेत्रतर्फ यस्तो स्थिति थियो भने प्रतिकारात्मक स्थिति करिव शून्य नै थियो । अहिले स्थिति यस्तो छैन । जनचेतना जगाउनका लागि परेका छन् भने भक्तपुर क्यान्सर अस्पतालमा क्यान्सर रोगीहरुले सर्वसुलभ तरिकाले उपचार पाईरहेको छन् । हरिसिद्दिमा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर र काठमाडौं क्यान्सर सेन्टर नाला, बनेपा, काभ्रे, सिल्भर लाईन हस्पिटल, बालाजु, काठमाडौं लगायत अन्य हस्पिटलहरुमा पनि क्यान्सर विरामीहरुले उपचार गरिरहेका छन् ।
यस प्रतिष्ठानले आफ्नो कार्य क्षेत्रलाई प्रतिकारात्मक र उपचारात्मक दुवै क्षेत्रलाई समान रुपमा अगाडि सारेको छ । प्रतिकारात्मक क्षेत्रको मुख्य कडी नै व्यापक रुपमा जनचेतना जगाउनु हो । तसर्थ प्रतिष्ठानले विभिन्न समयमा क्यान्सर रोगबारे परिचयात्मक कार्यक्रमहरु विभिन्न स्कूलहरु, समुदायहरु, पत्रकारहरु, कलाकारहरु, शिक्षकहरु माझ गर्दै आइरहेको छ भने आजका दिन धुम्रपान, सूर्ति रहित दिवसको उपलक्ष्यमा धुम्रपान सूर्ति विरुद्धको ¥याली आयोजना तथा पोष्टर, पम्पलेट, स्मारिका तथा विभिन्न प्रकारका क्यान्सर समाचारहरु, प्रकाशन गरी व्यापक रुपमा प्रचार प्रसार गर्दै नै आइरहेको छ ।
विश्वमा क्यान्सर रोगबाट करिव लाखांै लाख मानिसहरुको मृत्यु हुने गरेको छ । सो रोगलाई रोकथाम गर्न सकिने विभिन्न क्यान्सर रोगहरुको मुख्यकारक तत्वको रुपमा रहेको सुर्तीजन्य पदार्थ विरुद्ध सशक्त कार्यक्रमहरु संचालन गर्दै आएको छ । विश्वमा भैरहेको वर्षेनी ३३ लाख व्यक्तिहरुको मृत्युको कारण रहेको सुर्तीजन्य पदार्थ नेपाली समाजबाट विस्थापित गर्नका लागि विश्व ध्रुमपान, सूर्ति रहित दिवस लाई सचेतनात्मक दिवसको रुपमा लिएको छ ।
नेपालमा सूर्तीजन्य पदार्थको प्रयोगका कारणले गर्दा करिव वर्षेनी २९ हजार मानिसहरुको मृत्यु हुन्छ भने क्यान्सर रोग सम्बन्धि २०औं अर्ब आर्थिक क्षति भैरहेको छ । विश्वको रेकर्ड अनुसार विविध रोगबाट संसारभर वार्षिक ५० लाख व्यक्तिहरुको मृत्यु भएका छन् ।
सूर्तिजन्य पदार्थ, अल्कोहल र क्यान्सर भन्दा कोरोना (कोभिड १९) लाग्ने व्यक्तिको अन्य विरामीहरुको अनुपातमा मृत्यु संख्या कम नै रहेको छ । यो एक सरुवा रोग भएकाले मात्र महामारीको रुपमा सजिलै फैलिएर आफ्नो प्रकोप देखाइरहेको छ । क्यान्सर रोग निर्मूल हुने कुनै औषधि निकालेका छैनन् र अवस्था हेरि पहिलो, दोश्रो, तस्रो स्टेज अवस्था हेरेर औषधि उपचार गर्न सकिन्छ । किमो थेरापी लगायतका उपचारको विकास पनि एडस र टि.वि. (सरुवा रोग) जस्तै धेरै वर्ष पछि औषधी निस्केको थियो । हाल क्यान्सर रोगका पनि विभिन्न भ्याक्सीन तथा आयुवेर्दीक औषधीहरु उत्पादन भैरहेका छन् । अबुर्द रोग सरुवा रोग नभएकाले लागेकाहरुमा डर त्रास रहित भई त्यसको त्रासदी नदेखिएको अवस्थामा छन् ।
विगतमा कोरोना जस्तै धेरै वर्ष अगाडि स्पेशिस फ्लू पनि अठारौं शताब्दिमा फैलिएको थियो जुन स्वतः निमुर्लन भयो । कोरोना रोगको उदगम स्थल चीनको वुहान शहरबाट विस्तारै फैलिदैं सम्पूर्ण विश्वलाई त्राहीमान पारेको यस रोग सर्वप्रथम नेपालमा न्युन नै थियो । तर यसको दोश्रो लहरसँगै विदेशस्थित नेपालीहरु नेपालमा प्रवेश भएयता संक्रमण फैलिदै नेपालमा पनि मृत्युदर बढाइरहेको थियो । कुनै पनि जनचेतना मुलक कार्यक्रमहरु सरकारको एक्लो प्रयासबाट मात्र यसको रोकथाम सम्भव नभएकोले कडा पालनाको लागि जनता स्वयं जागरुक भै रोकथाम र बच्न बचाउन जनचेतनाको बृद्धि गर्नु अत्यावश्यक भैसकेको छ । रोग लागेका व्यक्तिहरुको लागि सरकार मार्फत वा नीजि क्षेत्रले जतिसक्दो सहयोग गर्नुपर्दछ ।
नेपालमा कतै न कतै अगाडि, पछाडि क्यान्सर शब्द राखी खल्ती खल्ती, झोलामा बोक्दै हिडेका क्ष्ल्न्इ, ल्न्इ स्वास्थ्य सम्बन्धमा संघ संस्थाहरु अहिले कहाँ छन ? सरकारले ती सघं÷संस्थाहरुसँग सहकार्य गरी जनचेतना सम्बन्धी प्रचार प्रसार अभियानमा हातेमालो गराउनु पर्दछ । अहिलेको सन्दर्भमा महामारीको रुप लिएको कोरोना जस्ता सरुवा रोगमा पनि मुख्यत धेरै धुम्रपानगर्ने व्यक्तिहरुलाई बढी संक्रमण देखिएकोले तत्कालिन केहीमहिनाको लागि चुरोट, खैनीजस्ता सुर्ति पदार्थ तुरुन्त नेपाल अधिराज्यभर विक्री बन्द गर्नु पर्दछ ।
अन्त्यमा क्यान्सर रोगको उपचारात्मक तथा प्रतिकारात्मक पद्दतिको बारेमा जनचेतना, जागृत गराउने तथा विभिन्न सूचनाहरु प्रवाह गर्न गहन जिम्मेवारी प्रदानगर्ने र क्यान्सरका विरामीहरुलाई सहयोग गर्दै आउनु भएको हुँदापुनः सहयोग गर्दै जानु हुनेछ भन्ने विश्वास लिएको छु ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-05-31
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
