काठमाडौं। चर्चित युवा निर्देशिक युगल पोमो निर्देशित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । बविना किरातीले गाएको ‘सोह्र वर्षे जवानी’ बोल रहेको गीतको भिडियो गीतकार जानु काम्बाङ लिम्बूको अफिसियल युट्युब च्यानलबाट हालै सार्वजनिक गरिएको हो ।
निर्देशक पोमोले हालसम्म दर्जनौँ म्युजिक भिडियोका साथै केही फिल्मसमेत निर्देशन गरिसकेका छन् । तर, यसपटकको भिडियो फरक रहेको छ । विशेषगरी कल्चरल र लभसङ गीतको भिडियो निर्देशनमा चर्चित पोमूले यस पटकको भिडियोमा चर्चित कलाकारहरु विना राउत, यसराज गराच र तेन्जु योन्जनको सोह्र वर्षे उमेर उतारेका छन् अर्थात भिडियोमा यी कलाकारले शसक्त डान्सिङ अभिनय गरेका छन् ।
गायिका बविनाको दम्दार डान्सिङ बिटको ‘आइटम’ गीतलाई निर्देशक पोमोले भिडियोलाई पनि उस्तै धमकेदार बनाएका छन् । यो गीतको भिडियो हेरिसकेपछि लाग्छ, निर्देशक पोमो कल्चरल र लभसङ भिडियोका लागि मात्र नभएर डान्सिङ भिडियोका लागि पनि उति नै अब्बल छन् ।
जानु काम्बाङको शब्दरचना रहेको यस गीतलाई अमोस तामाङले संगीत संयोजन गरेका हुन् । संगीत सुमन राईको रहेको छ । गायिका बविना भर्सटायल गायिकाको रुपमा चिनिन्छिन् । यस गीतले बविनालाई त्यही पहिचान दिलाएको छ । मोहनकुमार झिल्लुको छायाँकन रहेको यस भिडियोमा सम्पादन तथा कलरिङ अनिलकुमार महर्जनको रहेको छ । यस भिडियोमा रोशन विश्वकर्माको पनि धमकेदार कोरियोग्राफी रहेको छ ।
निर्देशक पामूद्वारा निर्देशित नेपाली फिल्म ‘जोर ढुंगा’ रिजिलको क्रममा रहेको छ । त्यसअघि ‘जोर ढुंगा’ आगामी अगस्टमा हङकङमा प्रिमियर हुने निर्देशक पोमोले बताएका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-05-25
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
