काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनको तयारीका लागि कार्यतालिका सार्वजनिक गरेको छ ।
आगामी असार ७, ८ र ९ गते चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनका लागि केन्द्रीय निर्वाचन आयोगले महाधिवेशनको तयारीका लागि तालिका सार्वजनिक गरेको हो ।
कार्यतालिकामा ७७ वटा जिल्ला र ७ वटै प्रदेशमा निर्वाचन समिति गठन जेठ ७ गतेदेखि १५ गतेसम्म, आधिकारिक परिपत्र तथा माइन्युट प्रतिलिपि जेठ १० गतेसम्म पठाउने, स्थानीय तथा जिल्ला अधिवेशनको प्रतिवेदन संकलन जेठ २० गतेसम्म गर्ने, महाधिवेशन प्रतिनिधिको नामावली पेश जेठ २५ गतेसम्म गर्ने, प्रदेश अधिवेशनका पदाधिकारीको विवरण पेश असार ५ गतेसम्म र निर्वाचनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोगबारे छलफल असर ५ गतेसम्म गर्ने निर्वाचन आयोगले जानकारी दिएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-05-25
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
