काठमाडौं । रास्वपा बारा जिल्ला सभापति चन्दन स्वर्णकारको पार्टी सदस्यता खारेज भएको छ । केन्द्रीय संगठन विभागका सचिव शंकर श्रेष्ठले स्वर्णकारलाई पत्र पठाएर साधारण सदस्यता खारेज गरिएको जानकारी दिएका छन् ।
अनुशासन आयोगमा बाराबाट निर्वाचित ४ जना सांसदहरुले स्वर्णकारविरुद्ध उजुरी दिएका थिए । आर्थिक अनियमिता, पार्टी संगठन परिचालन नगरेको, विपक्षी दलका उम्मेदवारको पक्षमा लागेको लगायत आरोप उनीमाथि लागेको थियो । त्यसैले उनलाई कारबाही गरिएकाले रास्वपाले जनाएको छ ।
रास्वपा नेताहरुका अनुसार बारा जिल्ला समिति भंग गरेर नयाँ समिति बनाउन केन्द्रबाट प्रतिनिधि खटाइसकिएको छ ।
पार्टीबाट निस्कासित भएका स्वर्णकारले भने आफ्नो ‘राजनीतिक हत्या’ भएको टिप्पणी गरेका छन् । आफूमाथि भएको कारबाहीको व्यहोराको पत्र सार्वजनिक गर्दै उनले फेसबुकमा लेखेका छन्, ‘मेरो राजनीतिक हत्या भयो, अब फैसला महागढीमाई र बाराका जनताको हातमा । आदरणीय आम जनसमुदाय, षड्यन्त्रको पराकाष्ठा कस्तो हुन्छ भन्ने कुराको अन्तिम प्रमाण यही पत्र हो ।’
उनले तथ्य र प्रमाणहरूलाई पूर्ण रूपमा नजरअन्दाज गर्दै, विना कुनै निष्पक्ष छानबिन, केन्द्रले जेठ ९ गते हुन लागेको बाराको विस्तारित बैठक र अधिवेशनको ठीक अगाडि आफूलाई साधारण सदस्यसमेत नरहने गरी खारेज गरेको आधिकारिक पत्र पठाएको उनले लेखेका छन् ।
अधिवेशनमा पार्टी सदस्यहरूले आफूलाई पुनः जिल्ला सभापति चुन्ने डरले सांसदहरुको दबाबमा आफूलाई पार्टीबाटै निष्कासन गरिएको उनको आरोप छ ।
आफूमाथिको कारबाहीलाई ‘अन्यायपूर्ण’ भएको बताउँदै उनले भनेका छन्, ‘रास्वपाको एउटा प्राविधिक पानाबाट मेरो नाम हटाइएला, तर महागढीमाई र बाराका स्वाभिमानी जनताको मुटुबाट मेरो नाम कसैले हटाउन सक्ने छैन,’ उनले लेखेका छन्, ‘रास्वपाको यो अन्यायपूर्ण निर्णय र जेठ ९ गतेको कथित विस्तारित बैठकलाई बाराका सच्चा कार्यकर्ताहरूले कसरी जवाफ दिनेछन्, त्यो समयले बताउनेछ ।’
राजनीतिक यात्रा नरोकिने बताउँदे उनले थप लेखेका छन्, ‘मेरो राजनीतिक यात्रा रास्वपाको लोगोमा नसकिएको छैन, बरु महागढीमाईको माटो र यहाँका जनताको सेवाका लागि अब स्वतन्त्र रूपमा अझ बलियो भएर अगाडि बढ्नेछ ।’
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-05-22
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
