काठमाडौं । ‘नेपाल म्युजिक एण्ड फेसन अवार्डको छैटौँ संस्करण ‘नेपाल म्युजिक एन्ड फेशन अवार्ड–२०२६’ आयोजना हुने भएको छ । यो अवार्ड नेपाली गीत संगीत र पहिरनलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुँदै आएको हो । बिगत झै यो वर्ष पनि अवार्डको आयोजना स्टार वान इन्टरटेनमेन्टले गर्न लागेको हो ।
सन २०२५ जनवरीबाट सन २०२६ मे अन्तिमसम्म रिलिज भएका गीत तथा म्युजिक भिडियो यो अवार्डमा सहभागी हुन सक्ने आयोजक पक्षले जनाएको छ । अवार्डमा गीत संगीततर्फ आधुनिक, गजल, पप, लोकपप, लोक, लोकदोहोरी, चलचित्र, राष्ट्रिय भाव, चाड पर्व, भाषाभाषी, भेग विशेष र भजन गीतहरुले भाग लिन पाउने छन् । गीतसँगै म्युजिक भिडियोको टिमले पनि भाग लिने पाउने छन् ।
कार्यक्रम निर्देशक बालकृष्ण पोखरेलका अनुसार अवार्ड समारोहमा विभिन्न सम्मान पनि गरिने छ । संगीत, मोडलिङ र फेशनमा आजीवन योगदान दिएकाहरुलाई ‘आजीवन योगदान सम्मान’ र विशेष सम्मान प्रदान गरिनेछ । फेसनतर्फ कोरियोग्राफर, र्याम्प मोडल, पेजेन्ट मोडल, विज्ञापन मोडल, फेसन डिजाइनर, फेसन मेकअप, फेसन हेयर, इभेन्ट म्यानेजर, इभेन्ट म्यानेजमेन्ट कम्पनी, पेजेन्ट डिजाइनर, इभेन्ट कोअर्डिनेटर, इभेन्ट होस्ट, अन्तराष्टिय ब्युटिपेजेन्ट उपाधि विजेता, राष्टिय व्युटिपेजेन्ट उपाधि विजेता, फेसन आईकन, फेसन तथा ब्युटीपेजेन्ट फोटो ग्राफर, उत्कृष्ट फेसन शो तथा व्युटिपेजेन्ट, फेसन डिजाइनिङ इन्टिच्युट, इन्टनेशलन पेजेन्ट डिरेक्टर विधामा प्रतिस्पर्धा हुनेछ ।
अवार्डमा भाग लिन चाहनेहरुका लागि ५ जेठबाट फारम खुला गरिएको आयोजक संस्थाकी अध्यक्ष पूजा निरौलाले जानकारी गराएकी छिन् । यो अवार्डमा सहभागी हुन चाहनेहरुले आगामी १३ असार भित्र फारम भरिसक्नु पर्नेछ । सहभागीले स्टार वान इन्टरटेनमेन्टको कार्यालय नयाँ बानेश्वरबाट र एसपी क्रियसन प्रा.लि. पुतलीसडकबाट फारम लिएर भर्न सक्ने छन् । अवार्डको आयोजना आउँदा असारको अन्तिम साता गरिने भएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-05-21
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
