काठमाडौं । साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत भइरहेको नयाँ प्रकारको अनलाइन ठगीबारे सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।
ब्यूरोका अनुसार सामाजिक सञ्जालमा प्रायोजित विज्ञापनमार्फत ‘प्रत्यक्ष विश्वकप हेर्नुहोस्’ भन्ने प्रलोभन देखाई एपीके ढाँचाको अनुप्रयोग डाउनलोड गराउन खोज्ने प्रवृत्ति बढ्दो अवस्थामा देखिएको छ ।
यस्ता अनुप्रयोग डाउनलोड गराएपछि मोबाइलमा रहेका व्यक्तिगत विवरण, बैंकसम्बन्धी सूचना तथा अन्य संवेदनशील जानकारी चोरी हुने जोखिम रहने साइबर ब्यूरोले जनाएको छ ।
ब्यूरोले विशेषगरी अपरिचित लिंक तथा शंकास्पद विज्ञापनमा क्लिक नगर्न र प्ले स्टोर वा अन्य कुनै माध्यमबाट अनुप्रयोग स्थापना गर्दा अत्यन्त सावधानी अपनाउन अनुरोध गरेको छ ।
साइबर अपराधबाट बच्न आधिकारिक माध्यमबाट मात्र अनुप्रयोग डाउनलोड गर्न र कुनै पनि आकर्षक विज्ञापनको भरमा अज्ञात फाइल मोबाइलमा नराख्न ब्यूरोले सुझाव दिएको छ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-05-21
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
