काठमाडौँ । तमिलनाडुका मुख्यमन्त्री थलापति विजयले अभिनेत्री तृषा कृष्णन अभिनित चलचित्र ‘करप्पू’ का लागि विशेष अनुमति दिएका छन् ।
तीन वर्षदेखि रोक लगाइएको बिहानको चलचित्र प्रदर्शनलाई उनले पुनः अनुमति दिएपछि दक्षिण भारतीय चलचित्र क्षेत्रमा यसको व्यापक चर्चा भइरहेको छ ।
चलचित्र ‘करप्पू’ निर्माण संस्था ड्रीम वारियर पिक्चर्सले सामाजिक सञ्जालमार्फत मुख्यमन्त्री विजयलाई धन्यवाद दिँदै चलचित्रलाई बिहान ९ बजेको विशेष प्रदर्शन अनुमति दिएको जानकारी दिएको हो । मे १४ मा प्रदर्शनमा आउन लागेको चलचित्र ‘करप्पू’का पहिलो दिनदेखि नै बिहान ९ बजेका शो सञ्चालन हुनेछन् । चलचित्रमा तृषा कृष्णन र सूर्या मुख्य भूमिकामा रहेका छन् ।
यसअघि सन् २०२३ मा प्रदर्शनमा आएको चलचित्र ‘थुनिभू’को बिहान साढे ४ बजेको शोका क्रममा भागदौड मच्चिँदा एक दर्शकको मृत्यु भएको थियो । त्यस घटनापछि सुरक्षा कारण देखाउँदै तमिलनाडु सरकारले बिहानका विशेष शोमा प्रतिबन्ध लगाएको थियो ।
थलापति विजयको यो निर्णयले व्यक्तिगत सम्बन्धको चर्चाका कारण पनि ध्यान तानेको छ । लामो समयदेखि उनको नाम अभिनेत्री तृषा कृष्णनसँग जोडिँदै आएको छ । दुवैले सम्बन्धबारे सार्वजनिक रूपमा पुष्टि नगरे पनि विभिन्न अवसरमा सँगै देखिने गरेका कारण उनीहरूको सम्बन्धबारे चर्चा हुँदै आएको छ ।
विजय आफ्नी पत्नीसँग डिभोर्सको प्रक्रियामा रहेकाले सम्बन्धको स्पष्टता नभएको भारतीय मिडियामा चर्चा छ । विजयले मुख्यमन्त्रीको शपथ लिने कार्यक्रममा पनि तृषा पुगेकी थिइन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-05-14
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
