काठमाडौं । नेकपा एमालेका सांसद राजेन्द्र कुमार राईले सरकारले केपी शर्मा ओलीको नीति तथा कार्यक्रम कपि गरेको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदै सांसद राईले नीति तथा कार्यक्रम कपि गरेको आरोप लगाएका हुन् । उनले अहिले रास्वपाले सबै कुरा नयाँ भनेपनि नीति तथा कार्यक्रममा भने पुरानै कपि गरेको बताएका हुन् । उनले नीति तथा कार्यक्रम कर्मचारीले लेखेको समेत दाबि गरेका छन् ।
उनले भने- ‘यो नीति र कार्यक्रम कसले लेख्यो, मलाई लाग्छ, हाम्रो सरकार र नयाँ पार्टीका साथीहरु ऋणी हुनु भएछ, यो लेख्ने मुख्य सचिव लगायत साहु भएछन । फेरी अर्को कुरा तपाईहरुले हरेक कुरामा नयाँ भन्नुभयो, तर यो लेखनमा नयाँ हुनुपर्थ्यो । मलाई लाग्छ, हिजो केपी ओलीको पालामा लेखिएको लगातार छ त, अरु सबै बेठिक भन्ने, त्यो चाहि कसरी डुप्लिकेट गर्नुभयो ।’
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-05-14
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
