काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह नीति तथा कार्यक्रमको जवाफ दिन संसदमा आउनुपर्ने बताएका छन् ।
प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदै प्रधानमन्त्रीले नीति तथा कार्यक्रमको जवाफ दिनुपर्ने बताउदै जवाफ दिन प्रधानमन्त्री नआएमा श्रम संस्कृतिले बैठक बहिष्कार गर्ने बताए ।
साम्पाङले आफ्नो बिहेमा अरुलाई बेहुलो बनाएर पठाउन मिल्दैन भन्दै भने- ‘नीति तथा कार्यक्रममा छलफल गरिरहदा सरकारको प्रमुखले हामीलाई सुनिरहनु भएको छैन । यो संसदको मर्यादा विपरित छ । म माग गर्न चाहन्छु, उहाले छलफलमा सुन्न आउनु भएन तर उत्तर दिन आउनु हुनेछ भन्ने विश्वास लिएको छ । यदि उहाँ आउनुहुन्न भने श्रम संस्कृति पार्टी बाहिरिने छौं । हामीले अरुबाट सुन्नु पर्ने स्थिति होइन । एउटा सामाजिक परम्परा छ नी, आफ्नो बिहेमा अरुलाई बेहुला पठाएर हुदैन ।’
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-05-14
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
