काठमाडौँ । इरान युद्धको असर अब चीनको ऊर्जा आपूर्तिमा पनि देखिन थालेको छ । अप्रिल महिनामा चीनको कच्चा तेल आयात २० प्रतिशतले घटेको छ । होर्मुज जलडमरूमध्य क्षेत्रमा बढ्दो तनावका कारण तेल ट्यांकरहरूको आवागमन प्रभावित भएपछि चीनको आयातमा गिरावट आएको हो ।
चीनको भन्सार विभागको तथ्यांकअनुसार अप्रिलमा चीनले ३ करोड ८५ लाख मेट्रिक टन कच्चा तेल आयात गरेको छ । यो अघिल्लो वर्षको तुलनामा २० प्रतिशत कम हो । यो स्तर जुलाई २०२२ यताकै सबैभन्दा कम रहेको बताइएको छ ।
चीनले आफ्नो आवश्यकताको करिब आधा कच्चा तेल मध्यपूर्वी देशहरूबाट खरिद गर्दै आएको छ । प्रतिवेदनअनुसार होर्मुज जलडमरूमध्यमा बढेको संकट र समुद्री मार्गमा तनाव चुलिँदा तेल तथा प्रशोधित इन्धन बोकेका जहाजहरूको संख्या घटेको छ ।
जहाज अनुगमन गर्ने कम्पनी केप्लरका अनुसार समुद्री मार्गबाट चीनमा हुने कच्चा तेल आयात घटेर दैनिक ८० लाख ३० हजार ब्यारेलमा सीमित भएको छ । यो पनि जुलाई २०२२ पछिकै सबैभन्दा न्यून स्तर हो ।
अप्रिल महिनामा चीनको प्राकृतिक ग्यास आयात पनि १३ प्रतिशतले घटेर ८४ लाख २० हजार टनमा झरेको छ ।
यद्यपि चालु वर्षको पहिलो चार महिनाको समग्र तथ्यांक हेर्दा चीनको कुल तेल आयात अझै अघिल्लो वर्षभन्दा १ दशमलव ३ प्रतिशतले बढी रहेको छ । जनवरीदेखि अप्रिलसम्म चीनले १८ करोड ५३ लाख टन कच्चा तेल आयात गरेको तथ्यांकमा उल्लेख छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-05-10
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
