काठमाडौँ । संवैधानिक परिषद्ले सर्वोच्च अदालतको ३२औं प्रधानन्यायाधीशको रुपमा डा. मनोजकुमार शर्माको नाम सिफारिस गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बिहीबार बसेको परिषद्को बैठकले प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस गरेको हो ।
शर्मा २०७६ वैशाख ६ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए । शर्माले २०५२ सालमा अधिवक्ताका रूपमा दर्ता भई कानुनका विभिन्न क्षेत्रमा वकालतमा सक्रिय भएका शर्माले विभिन्न कम्पनी तथा संस्थाहरूलाई कानुनी परामर्श पनि प्रदान गरेका छन् । साथै उनले २०७० देखि २०७२ सम्म बुटवल र पाटनस्थित पुनरावेदन अदालतमा अतिरिक्त न्यायाधीशका रूपमा कार्य गरेका थिए । शर्माको जन्म २०२७ असार ४ गते पर्सा जिल्लाको वीरगन्जमा भएको हो ।
उनले काठमाडौंस्थित नेपाल ल क्याम्पसबाट बीएल तथा भारतको पुणे विश्वविद्यालयबाट एलएलएम उपाधि प्राप्त गरेका छन् । साथै त्रिभुवन विश्वविद्यालयबाट श्रम कानुन विषयमा विद्यावारिधि प्राप्त गरेका छन् ।
नेपालको न्यायिक इतिहासमा वरिष्ठतम् न्यायाधीशको रोलक्रम मिचेर चौथो क्रममा रहेका न्यायाधीशलाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको यो पहिलो पटक हो । संबिधानमा न्याय परिषदले सिफारिस गरेका मध्येबाट प्रधानन्यायाधीश नियुक्त गर्न सकिने व्यवस्था भएकाले रोलक्रम मिचिदा त्यसको कानुनीरुपमा बाधा भने रहेको छैन ।
अब संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि उनलाई राष्ट्रपतिले नियुक्त गर्ने संबैधानिक प्रावधान रहेको छ । हाल ५६ बर्षका शर्माले ६ वर्षको पुरा कार्यकाल सर्वोच्चको प्रधानन्यायाधीश भएर बिताउने भएका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-05-08
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
