काठमाडौं । संवैधानिक परिषद्को बैठक आजका लागि बोलाइएसँगै सर्वोच्च अदालतको प्रधानन्यायाधीश को बन्छ भन्ने चर्चा शुरु भएको छ ।
प्रधानमन्त्रीको सचिवालयले आजको संबैधानिक परिषदको बैठकमा प्रधानन्यायाधीश सिफारिसको कार्यसूची रहेको जानकारी दिएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानन्यायाधीशको सिफारिस गर्न आज अपरान्ह ५ बजे संवैधानिक परिषदको बैठक बोलाएका छन् ।
यसअघि नै न्याय परिषद् बैठकले वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लसहित कुमार रेग्मी, हरिप्रसाद फुयाल, डा.मनोजकुमार शर्मा, डा.नहकुल सुवेदी र तिल प्रसाद श्रेष्ठको नाम प्रधानन्यायाधीशका लागि सिफारिस गरिसकेको छ ।
संवैधानिक परिषदको बैठक बस्न नसक्दा उक्त प्रक्रिया रोकिएको थियो । परिषद्ले योग्यता,अनुभव र वरिष्ठताको आधारमा उनीहरूको नाम प्रस्ताव गरेको जनाएको छ ।
संवैधानिक परिषदले सिफारिस गरेका मध्येबाट एकजनालाई प्रधानन्यायाधीशका लागि चयन गर्ने संवैधानिक व्यवस्था छ । परिषदको निर्णयपछि उक्त नाम संसदीय सुनुवाइ प्रक्रियामा जान्छ र समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीशको नियुक्ति हुने कानुनी व्यवस्था रहेको छ । यसपटक सिफारिसमा परेका नाममध्ये वरिष्ठताका आधारमा नियुक्त गरिए कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल प्रधानन्यायाधीश नियुक्त हुनेछिन् ।
संविधानको धारा १२९ को उपधारा ३ मा सर्वोच्च अदालतको न्यायाधीश पदमा कम्तीमा तीन वर्ष काम गरेको व्यक्ति प्रधानन्यायाधीशको पदमा योग्य हुने उल्लेख छ । न्याय परिषद् बैठकले तीन वर्ष काम गरेको योग्यताको आधारमा छ जना न्यायाधीशको नाम सिफारिस गरेको हो । तर,प्रधानमन्त्री शाहले कसलाई प्रधानन्यायाधीश बनाउन चाहन्छन् भन्ने विषय अहिलेसम्म स्पष्ट भएको छैन । प्रधानमन्त्री बालेनले आफू अनुकूलको नियुक्ति सहज बनाउन संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेर यसअघिको व्यवस्था संशोधन गरेका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-05-07
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
