काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्मचारीलाई १५ दिनभित्र तलब भुक्तानी गर्ने नयाँ प्रणालीको सुरुवात गरेका छन् ।
महालेखा नियन्त्रक कार्यालयको तलब प्रविष्टि प्रणालीमार्फत कोष तथा लेखा नियन्त्रक कार्यालयमा भुक्तानी आदेश पठाउने प्रक्रिया प्रयोग गरी उनले १५ दिनभित्र तलब भुक्तानी गर्ने अभ्यासको औपचारिक सुरुवात गरेका हुन् ।
यो नयाँ व्यवस्थाले अर्थतन्त्र चलायमान बनाउन सहयोग गर्ने र कर्मचारीलाई उधारोमा सामान किन्नुपर्ने बाध्यता समेत हट्ने विश्वास गरिएको छ ।
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बैशाख ७ गते १५-१५ दिनमा तलब दिने व्यवस्था गर्ने मन्त्रिस्तरीय निर्णय गरेका थिए ।
हालसम्म सरकारी कर्मचारीहरूले महिनाको अन्त्यमा तलब प्राप्त गर्दै आएका थिए भने यो व्यवस्था लागुभएपछि अब महिनामा दुई पटक तलब पाउने भएका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-04-30
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
