काठमाडौँ । नेपालको सौन्दर्य कला क्षेत्रमा दक्ष र आत्मनिर्भर जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ सञ्चालित क्युटी केयर ब्युटी हब ट्रेनिङ सेन्टर यतिबेला चर्चामा छ । व्यवसायिक तालिम र गुणस्तरीय शिक्षाका कारण यो संस्था दक्ष जनशक्ति उत्पादनमा अग्रपङ्क्तिमा आउन सफल भएसँगै चर्चा आएको हो ।
हालै आयोजित एक समारोहमा क्युटी केयर ब्युटी हबलाई यस क्षेत्रकै प्रतिष्ठित ‘गोल्डेन स्टार अवार्ड’ अन्तर्गत ‘उत्कृष्ट ब्युटी एकेडेमी’ को अवार्ड प्रदान गरिएको छ । यस एकेडेमीबाट दक्षता हासिल गरेका विद्यार्थीहरू हाल समाजका विभिन्न क्षेत्रमा सफल र उदाहरणीय व्यक्तिका रूपमा स्थापित भइरहेका छन् ।
संस्थाकी सञ्चालिका एवं वरिष्ठ सौन्दर्यविद चन्दा पुन विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि प्रतिबद्ध छिन् । उनी भन्छिन्, ‘म मेरा विद्यार्थीहरूलाई केवल सीपयुक्त मात्र होइन, एक सक्षम, अनुशासित र आत्मनिर्भर नागरिक भएको हेर्न चाहन्छु। समयको खेर नफाली निरन्तर प्रयासमा लागिरहन म सबै विद्यार्थीहरूलाई आग्रह गर्दछु ।’
विद्यार्थीहरूको मनोबल उच्च राख्न र उनीहरूलाई व्यावहारिक ज्ञान प्रदान गर्न एकेडेमीले फेसन तथा श्रृङ्गार क्षेत्रका स्थापित व्यक्तित्वहरूलाई निम्त्याएर अनुभव आदानप्रदान गर्ने कार्यक्रमहरू समेत सञ्चालन गर्दै आएको छ । यस्ता गतिविधिले विद्यार्थीहरूलाई किताबी ज्ञानभन्दा बाहिर निस्किएर व्यावहारिक रूपमा काम सिक्न र प्रोत्साहन मिल्ने विश्वास पुनको रहेको छ ।
वरिष्ठ सौन्दर्यविद चन्दा पुनको नेतृत्वमा क्युटी केयरले केवल व्यवसाय मात्र नभई समाजका लागि रोल मोडल उत्पादन गर्ने थलोको रूपमा आफ्नो पहिचान बनाएको छ । आगामी दिनमा पनि यस्तै गुणस्तरीय तालिममार्फत धेरैभन्दा धेरै महिला तथा युवाहरूलाई स्वरोजगार बनाउने लक्ष्य संस्थाले लिएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-04-28
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
