काठमाडौँ । कक्षा १२ को परीक्षा आजदेखि शुरु हुदैछ । कक्षा १२ को आजदेखि शुरु हुने परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ ।
बोर्डका अनुसार नियमिततर्फ ३ लाख ३२ हजार १७८ र आंशिकतर्फ ८५ हजार ८३० जना विद्यार्थी सहभागी हुँदैछन् । २०७९ यताका विद्यार्थी आंशिक परीक्षामा सहभागी हुने बोर्डले जनाएको छ । त्यस्तै जापानको एभरेस्ट स्कुलबाट पनि ३६ जना विद्यार्थी परीक्षामा सहभागी हुदैछन् ।
यस वर्ष १ हजार ४२१ परीक्षा केन्द्र तोकिएको छ, जो गत बर्षको भन्दा कम हो । गत वर्ष ५ लाख ११ हजार ५२५ परीक्षार्थी थिए । उक्त परीक्षाको नतिजा गत साउनमा प्रकाशित हुँदा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।
उत्तरपुस्तिकासहित परीक्षा सामग्री परीक्षा केन्द्रहरूमा पठाइएको र प्रश्नपत्र भने अनलाइनबाट पठाउने गरिएको छ । परीक्षा सञ्चालन हुने दिन नै बोर्डले परीक्षा केन्द्रहरुमा अनलाइनबाट पठाएको प्रश्नपत्र प्रिन्ट गरेर परीक्षार्थीलाई वितरण गर्ने व्यवस्था मिलाइएको बोर्डले जानकारी दिएको छ । आज देखि शुरु हुने परीक्षा वैशाख २७ गते सकिने समयतालिका छ ।
उत्तरपुस्तिका परीक्षण गत वर्षजस्तै बोर्डले तोकेको परीक्षण केन्द्रमा गरिने र ४५ दिन भित्र नतिजा निकाल्ने गरि बोर्डले तयारी गरेको बताएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-04-27
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
