काठमाडौं । अमेरिकन सोसाइटी अफ क्लिनिकल अन्कोलोजी (एस्को)द्वारा सञ्चालन हुने प्रतिष्ठित ‘नेतृत्व विकास कार्यक्रम’ (एलडिपी) २०२६–२०२७ का लागि नेपालका क्यान्सर रोग विशेषज्ञ डा. अरूण शाही छनोट भएका छन् ।
यो कार्यक्रम विश्वभरका उदयीमान अन्कोलोजिस्टहरूलाई नेतृत्व विकास, नीतिगत सोच र क्यान्सर उपचार क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्न सक्षम बनाउने उद्देश्यले सञ्चालन गरिन्छ ।
डा. शाही हाल पाटन एकेडेमी अफ हेल्थ साइन्सेजमा आवद्ध छन् । उनको छनोटले नेपाली स्वास्थ्य क्षेत्र, विशेषगरी क्यान्सर उपचार क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमा प्रतिनिधित्व अझ मजबुत बनाएको अस्कोद्वारा जारी सूचनामा उल्लेख छ ।
‘यो एक वर्षे कार्यक्रमअन्तर्गत सहभागीहरूलाई नेतृत्वसम्बन्धी तालिम, अन्तरक्रियात्मक सिकाइ र अन्तर्राष्ट्रिय विज्ञहरूसँग सहकार्य गर्ने अवसर प्रदान गरिन्छ’ त्यहाँ भनिएको छ ।
साथै, कार्यक्रमले सहभागीहरूलाई एएससीओको रणनीति, नीतिगत दिशा र विश्वव्यापी क्यान्सर उपचारमा यसको प्रभावबारे गहिरो समझ विकास गर्न सहयोग पु¥याउँछ ।
क्यान्सर रोग विशेषज्ञले एस्को नेतृत्व विकास कार्यक्रममा छनोट हुनु ठूलो सम्मान र महत्वपूर्ण उपलब्धि ठान्छन्। उक्त कार्यक्रमका लागि यसपल्ट अमेरिका बाहिरबाट डा शाहीले मात्रै प्राप्त गरेका हुन् । एस्कोले डा. शाहीलाई भविष्यमा नेतृत्व गर्न सक्ने र स्वास्थ्य क्षेत्रमा प्रभाव पार्न सक्ने चिकित्सकको रूपमा पहिचान गरेको जनाएको छ ।
डा शाहीले भने यसलाई व्यक्तिगत उपलब्धि मात्र नभई नेपालका अन्कोलोजिस्टहरूको क्षमता, मेहनत र सम्भावनालाई विश्वसामु प्रस्तुत गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको बताएका छन् ।
‘कार्यक्रममा विश्वभरिका उत्कृष्ट क्यान्सर विशेषज्ञहरूसँग सिक्ने, सहकार्य गर्ने र पेशागत सम्बन्ध विस्तार गर्ने अवसर प्राप्त हुन्छ,’ उनले भने । यो कार्यक्रमले नेतृत्व, नीतिनिर्माण र जनचेतना अभिवृद्धि जस्ता क्षेत्रमा काम गर्ने क्षमता विकास गराउने उनको विश्वास छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-04-26
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
