बनेपा । बीपी राजमार्ग अवरुद्ध भएपछि रोकिएका यात्रुहरूबाट बढी मूल्य असुलिएको गुनासो आएपछि प्रहरीले पसल, होटल तथा गेस्टहाउस सञ्चालकलाई निर्धारित मूल्यभन्दा बढी रकम नलिन चेतावनी दिएको छ।
प्रहरीले विपद्मा परेका यात्रुलाई सहयोग गर्नुको सट्टा कालोबजारी गर्ने सञ्चालकमाथि कानुनअनुसार कारबाही गरिने स्पष्ट पारेको छ ।
कसैले निर्धारित मूल्यभन्दा बढीमा सामान बिक्री गरेको पाइएमा तत्काल प्रहरीको हटलाइन नम्बर १०० मा जानकारी गराउन आग्रह गरिएको छ ।
त्यस्तै, सक्रिय मनसुन प्रणालीका कारण काभ्रेका विभिन्न स्थानमा लगातार वर्षा भइरहेको छ । भारी वर्षासँगै केही सडक खण्डमा पहिरो खस्ने, सडक चिप्लो हुने तथा सवारी आवागमन प्रभावित हुने सम्भावना बढेको प्रहरीले जनाएको छ ।
विशेषगरी पहाडी तथा ग्रामीण सडकमा यात्रा गर्दा अत्यन्त सावधानी अपनाउन, अनावश्यक यात्रा नगर्न तथा अत्यावश्यक अवस्थामा मात्र सुरक्षित रूपमा यात्रा गर्न अनुरोध गरिएको छ ।
सवारी चालकलाई गति नियन्त्रणमा राख्न र सुरक्षित दूरी कायम गर्न पनि आग्रह गरिएको छ । पहिरो, सडक अवरोध वा अन्य आपतकालीन अवस्था देखिएमा नजिकको प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालयमा तुरुन्त जानकारी गराउन भनिएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-04-26
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
