काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले छोटो समयमै सार्वजनिक भइरहेका घटनाक्रमले आफूहरूले उठाएका आशंका क्रमशः सही सावित हुँदै गएको बताएका छन् ।
बुधबार च्यासलमा आयोजित नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ षड्यन्त्रपूर्ण भएको दोहोर्याउदै सरकारमा छोटो समयमै सार्वजनिक भइरहेका घटनाक्रमले आफूहरूले उठाएका आशंका क्रमशः सही सावित हुँदै गएको बताएका हुन् ।
उनले भदौ २४ गते भएको तोडफोड र विध्वंस योजनाबद्ध रूपमा गरिएको बताउदै पार्टीले त्यसबारेको धारणा जनतामाझ प्रभावकारी रूपमा पुर्याउन नसक्दा अहिलेको परिणाम भोग्नुपरेको दाबि गरेका छन् ।
उनले हालको राजनीतिक परिस्थितिमा जनताको जनादेशलाई सम्मान गर्दै विजयी पक्षलाई बधाई दिएको उल्लेख गर्दै सरकारले जनताका भावना अनुसार काम गर्नुपर्ने बताए ।
पोखरेलले सुशासनको विषय उठाउँदै एमालेका नेता–कार्यकर्तामाथि लगाइएका आरोपबारे निष्पक्ष छानबिन हुनुपर्ने बताए । उनले लामो समय सत्तामा रहेका एमाले नेताहरूको मात्र होइन, अहिले सरकारमा रहेका नेताहरूको सम्पत्तिको पनि जाँचबुझ गर्नुपर्ने धारणा राखे ।
तथ्यले एमालेका नेता–कार्यकर्ता इमान्दार रहेको देखाउने दाबी गर्दै पार्टीलाई बदनाम गर्न सुनियोजित रूपमा गलत सूचना फैलाइएको महासचिव पोखरेलको दाबि छ । प्रविधिको दुरुपयोगमार्फत जनमत प्रभावित पारिँदा एमाले जनताबाट टाढिएको उनको निष्कर्ष छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-04-23
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
