काठमाडौँ । भारत र रुसबीच भएको सैन्य सहयोगसम्बन्धी ‘रेसिप्रोकल एक्सचेन्ज अफ लजिस्टिक सपोर्ट’ सम्झौता कार्यान्वयनमा आएको छ । यसअन्तर्गत दुवै देशले एक–अर्काको भूमिमा तीन हजारसम्म सैनिक तैनाथ गर्न सक्ने भएका छन् ।
सम्झौताअनुसार पाँचवटा युद्धपोत र दशवटा सैन्य विमानसम्म तैनाथ गर्न अनुमति दिइएको छ । साथै, दुवै देशका सेनाले एक–अर्काका सैन्य आधार, हवाई आधार र बन्दरगाह प्रयोग गर्न सक्नेछन्, जसले दीर्घकालीन तैनाथी र सञ्चालन सहज बनाउने अपेक्षा गरिएको छ ।
यस सम्झौतामा इन्धन, पानी, मर्मत, प्राविधिक स्रोतसाधन लगायत आवश्यक सामग्री उपलब्ध गराउने व्यवस्था पनि समावेश गरिएको छ । विमानका लागि हवाई यातायात नियन्त्रण तथा उडानसम्बन्धी सेवासमेत प्रदान गरिनेछ ।
सम्झौता सन् २०२५ फेब्रुअरीमा हस्ताक्षर भएको थियो भने सोही वर्ष डिसेम्बरमा रुसले अनुमोदन गरेको थियो । यो पाँच वर्षका लागि लागू हुनेछ र आपसी सहमतिमा अवधि थप गर्न सकिनेछ ।
यद्यपि, यो सम्झौता युद्धका लागि नभई शान्तिकालमा तालिम, संयुक्त अभ्यास र लजिस्टिक सहयोगका लागि मात्र प्रयोग हुने जनाइएको छ ।
यसलाई भारत–रुसबीचको रणनीतिक साझेदारी सुदृढ गर्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-04-21
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
