काठमाडौं । सरकारले अब राष्ट्रसेवक कर्मचारीलाई १५/१५ दिनमा तलबभत्ता उपलब्ध गराउने तयारी गरेको छ । अर्थ मन्त्रालयले गत शुक्रबार मन्त्रीस्तरीय निर्णय गरी महालेखा नियन्त्रक कार्यालयलाई आवश्यक व्यवस्था मिलाउन भनिसकेको छ ।
महालेखा नियन्त्रक शोभाकान्त पौडेल मन्त्रालयबाट परिपत्र आएको र अब उक्त निर्णय चाँडै कार्यान्वयन पनि हुने बताएका छन् । उनले भने, ‘अर्थमन्त्रालयबाट परिपत्र आइसकेको छ । यो छिट्टै कार्यान्वयन हुन्छ ।’ मन्त्रालयका अनुसार समयमै कर्मचारीको हातमा पैसा जाओस् र अर्थतन्त्र चलायमान होस् भन्ने उद्देश्यले यो निर्णय भएको हो ।
निर्णय कार्यान्वयनका लागि ऐनमा संशोधन आवश्यक
हाल सरकारी कर्मचारीले मासिकरुपमा तलबभत्ता पाउँदै आएका छन् । हरेक महिनाको अन्तिम सातामै सम्बन्धित कर्मचारीको बैंक खातामा तलबभत्ता पठाउने गरिन्छ ।
तर, अब १५ दिनमै तलबभत्ता खुवाउने निर्णय कार्यान्वयन गर्न संघीय निजामती सेवा ऐनमा व्यवस्था गर्नुपर्ने हुन्छ । ‘साविकको ऐनमा निजामती कर्मचारीले प्रत्येक महिना भुक्तान भएपछि तलब र भत्ता पाउने भए भत्ता समेत पाउनेछ भन्ने व्यवस्था छ,’ अर्थ मन्त्रालयका एक अधिकारीले भने, ‘१५ दिनमा तलब÷भत्ता खुवाउनुअघि त्यो व्यवस्था संशोधन गर्नुपर्छ ।’
वर्तमान सरकार संघीय निजामती सेवा ऐन जारी गर्ने तयारीमा छ । त्यसमै १५–१५ दिनमा तलबभत्ता खुवाउने व्यवस्था राख्ने तयारी छ । अर्थ मन्त्रालय स्रोतका अनुसार संघीय निजामती सेवा ऐन पास भएपछि जतिबेला पनि निर्णय कार्यान्वयन गर्नुपर्ने हुनसक्छ । त्यसको लागि आवश्यक तयारी गरेर बस भनेको हो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-04-20
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
