काठमाडौं । सप्तरंगी फिल्मद्वारा एकपछि अर्को म्युजिक भिडियो निर्माण गर्ने सिलसिलामा ‘नाच रे पतरकी’ बोलको नयाँ गीतको भिडियो सार्वजनिक गरेको छ ।
भोजपुरी गीतसंगीतका लोकप्रिय गायक तथा गायिका शिल्पी ज र श्याम राउतको स्वर रहेको ‘नाच रे पतरकी’ बोलको भोजपुरी गीतमा शब्द अजित मण्डल, संगीत आर्य शर्माको रहेको छ ।
श्याम राउत र नूर आलम बादशाह निर्माता रहेको डान्सिङ शैलिको रोमान्टिक गीतको भिडियोमा लोकप्रिय भोजपुरी मोडल सदाम हुसेन र रेविका अधिकारीको मुख्य अभिनय रहेको छ ।
यसमा छायांकन मिलन थापा, सम्पादन सौखिन तिमल्सिना, कला निर्देशन जटाशंकर गोसाई, मेकअप प्रिया नगरकोटी र निर्देशन सुरेश पाण्डेको रहेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-04-18
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
