काठमाडौं । माछापुच्छ्रे बैंकको न्युरोड शाखामा खाता खोल्न सर्वसाधारणका लागि फलामको चिउरा चपाउनजस्तै हो । खाता सञ्चालन गर्न निवेदन दिँदा अनेक कागजपत्रको झमेला देखाउने गरेको छ । बैंकको न्युरोड शाखामा खाता खोल्न पुगेका एक सेवाग्राहीले भने, ‘माछापुच्छ्रे बैंकको न्युरोड शाखामा खाता खोल्नका लागि तीन दिन धाइसकेँ, तर खाता सञ्चालन हुन सकेको छैन ।’
उनका अनुसार बैंकका कर्मचारीले कागजपत्र नपुगेको बहना बनाउँदै टार्ने गरेका छन् । यतिमात्र नभएर पुराना खाताहरु पुनः सञ्चालनमा ल्याउन समेत बैंकले दुःख दिने गरेको छ । वर्षदिन फ्रिज भएको खाता सञ्चालन गर्न जाँदा केवाईसी भराउने नाममा बैंकल दःख दिनेको गरेको सेवाग्राहीको गुनासो रहेको छ ।
नयाँ सरकार बनेसँगै जनताको काम छिट्टो–छरितो हुने अपेक्षा गरिएको थियो । प्रधानमन्त्री बालेन्द्र शाहले समेत जनताको काम निवेदन दिएको तीन दिनभत्र कार्यान्वयन गर्न निजी तथा सरकारी कार्यलयका कर्मचारीहरुलाई निर्देशन दिएका थिए । सोही अनुसार सरकारी कार्यालयहरुमा जनताको काम पहिलेभन्दा सहज रुपमा भइरहेको छ । तर, जनताकै पैसाले चलेको माछापुच्छ्रे बैंक, न्युरोड शाखाले भने जनताको सेवाको नाममा उल्टै दुःख दिनेको गरेको छ । जसले सरकारको निर्देशनलाई वेवास्ता मात्र गरिएको छैन, यस्तो कार्यशैलीले बैंककै साख गिर्ने छ । साथै, यसमा नेपाल राष्ट्र बैंकले समेत अनुगमन गर्नुपर्ने आवश्यक देखिन्छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-04-16
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
