काठमाडौं । काठमाडौं महानगरपालिको संयोजनमा आजबाट उपत्यकामा रात्रिकालीन बस सेवा सुरु भएको छ । काठमाडौं महानगरले पहल गरेपछि उपत्यकामा रहेका पालिका र साझा यातायातको सहकार्यमा रात्रिकालीन बस सेवा सुरु भएको हो । रात्रिकालीन बस सेवाको प्रारम्भ काठमाडौं महानगरकी कार्यवाहक मेयर सुनीता डंगोलले गरेकी हुन् ।
अबदेखि राति ८ बजेदेखि ११ बजेसम्म पनि रात्रि बस सेवा सञ्चालन हुनेछ । साझा यातायातको बस ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसुति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ् अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म एउटा रुट हुनेछ । उत्तर दक्षिणको यो १६ किलोमिटरको एकतर्फी रुट हो ।

यस्तै, थानकोटदेखि सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तरराष्ट्रिय विमानस्थलसम्म अर्को रुट चल्नेछ । पूर्व पश्चिम दिशाको यो रुटको एकतर्फी दुरी २० किलोमिटरको हो । यी दुई रुटमा ४ वटा रात्रिकालीन विद्युतीय बस सञ्चालन हुनेछन् । तोकिएका स्थानका बस स्टपमा हरेक २० मिनेटमा बस पुग्ने जनाइएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-04-14
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
