काठमाडौँ । इरानले लेबनानमा युद्धविराम लागू नभएसम्म अमेरिकासँग वार्ता नगर्ने अडान लिएको छ ।
इरानका संसद अध्यक्ष मोहम्मद बाकर गालिबाफले लेबनानमा युद्धविराम वार्ताको मुख्य सर्त भएको स्पष्ट पारेका छन् । उनले युद्धविराम नभएसम्म कुनै पनि वार्ता अघि नबढाइने बताएका छन् ।
गालिबाफले इरानका रोक्का गरिएका रकमसमेत फुकुवा गर्नुपर्ने माग अघि सारेका छन् । यो भनाइ अमेरिका र इरानबीच सम्भावित वार्ताको तयारी भइरहेका बेला आएको हो । दुवै पक्षबीच विभिन्न विषयमा अझै मतभेद कायम रहेको बताइएको छ ।
इरानले लेबनानमा इजरायली आक्रमणको निरन्तर विरोध गर्दै आएको छ र सोही विषयलाई वार्तासँग जोड्दै कडा अडान कायम राखेको छ ।
यसअघि अमेरिका र इरानबीच बार्ताको पुरा तयारी पाकिस्तानको इस्लामावादमा भएको बताइएको थियो । अमेरिका र इजरायलले भने इरानसँगको युद्धविराममा लेबनानको युद्धविराम समावेश नभएको दाबि गर्दै आएका छन् ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता नभएमा वा सहमतिमा नपुगेमा अझ कडा आक्रमण गर्ने चेतावनी दिएका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-04-11
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
