काठमाडौँ । संघीय संसद्को दुवै सदनको चालु अधिवेशन आज रातिदेखि अन्त्य हुने भएको छ । नेपाल सरकार, मन्त्रिपरिषद्को गत चैत २४ गतेको सिफारिसमा राष्ट्रपति पौडेलले आज राति १२ः०० बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन् ।
राष्ट्रपति कार्यालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम यो निर्णय भएको जानकारी दिएको छ। राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिअनुसार मन्त्रिपरिषद्को निर्णय र सिफारिसका आधारमा राष्ट्रपतिले यो कदम चालेका हुन्।
यससँगै प्रतिनिधि सभा र राष्ट्रिय सभाको वर्तमान अधिवेशन औपचारिक रूपमा समापन हुने भएको छ। सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्य गरी बजेट अधिवेशनको तयारीका लागि यो सिफारिस गरेको हो । नेपालको संवैधानिक व्यवस्था अनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था रहेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-04-10
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
