काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बिहीबार राति १२ बजेदेखि लागु हुने गरि पेट्रोलमा १७ र डिजेल मट्टितेलमा २५ रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो ।
मुल्य वृद्धिपछि काठमाडौँ उपत्यकामा पेट्रोल प्रति लिटर २१९ पर्ने भएको छ भने डिजल- मट्टीतेल प्रतिलिटर २०७ पर्ने भएको छ ।
त्यस्तै निगमले एलपी ग्यासमा प्रति सिलिन्डर १०० रुपैयाँ र हवाई इन्धन आन्तरिक तर्फ ६ रुपैयाँ वृद्धि गरेको निगमले जनाएको छ । मुल्य वृद्धिपछि एलपी ग्यासको प्रति सिलिन्डर पुराको २०१० र आधाको १००५ पर्ने भएको छ ।
सरकारले ५० प्रतिशत भन्सार छुट र पूर्वाधार विकास कर छुट दिदा पनि पाक्षिक रुपमा १० अर्ब २१ करोड ९१ लाख घाटा हुने अवस्था रहेको र हालको अवस्थामा निगमलाई पेट्रोलमा प्रति लिटर १६.६५ रुपैयाँ, डिजलमा १०९.५ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिन्डर ४१६.३७ रुपैयाँ घाटा रहेको बताएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-04-10
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
