काठमाडौं । चर्चित गायिका तथा गीतकार अनिला राईले आफ्नो नयाँ गीतको भिडियो ल्याएकी छन् । अनिलाले ‘हे भगवान’ बोलको गीतको भिडियो आफ्नो अफिसियल युट्युब च्यानलमार्फत हालै सार्वजनिक गरेकी हुन् ।
लोकदेखि सुगमसंगीत हुँदै फिल्मी गीतसम्म गाउँदै आएकी अनिलाले यसपटक भने ‘हे भगवान’ बोलको गीतमार्फत दर्शक स्रोतालाई फरक स्वाद दिएकी छन् ।
गीतको बोल सुन्दा भजन जस्तो लागेपनि ‘हे भगवान’ पारिवारिक माया र स्नेहीतामा आधारित छ । यतिमात्र नभएर यस गीतमा अनिलाको स्वरसमेत केही फरक सुनिएको छ ।
दर्शक तथा स्रोतालाई ‘हे भगवान’ बोलको यो गीत सुन्दा एक किसिमको भिन्न आनन्द लाग्न सक्छ किनकि गीतको शब्दरचना सँगै अनिलाको स्वरमा समेत मिठास सुनिएको छ । यो गीतको शब्द रचना समेत अनिलाले नै गरेकी हुन् ।
पछिल्लो केही समय यता गायनसँगै शब्द रचना समेत गर्दै आएकी अनिलाले माया पिरतीसँगै पारिवारिक र सामाजिक परिवेशमा केन्द्रित रहेको गीत रचना गर्दै आएकी छन् । यसअघि उनले रचना गरेका गीत सुन्दा पनि सो कुराको पुष्टि हुन्छ ।
सार्वजनिक गीतमा पवन वान्तवा राईको संगीत रहेको छ भने संगीत संयोजन काकी कार्कीले गरेका हुन् । भिडियोमा गायिका अनिला स्यमंको अभिनय रहेको छ ।
यसअघि दर्जनौँ गीत गाएर दर्शक तथा स्रोताको मन जित्न सफल भएकी अनिलाले भनिन्, ‘हे भगवान’ बोलको यो गीतलाई दर्शकले रुचाउँछन् भन्नेमा आशावादी छु ।’ गायिका अनिला राई बेलायतमा बसेर पनि नेपाली गीत संगीतलाई निरन्तरता दिँदै आएकी हुन् ।
यसअघि दर्जनौँ गीत गाएर दर्शक तथा स्रोताको मन जित्न सफल भएकी अनिलाले भनिन्, ‘हे भगवान’ बोलको यो गीतलाई दर्शकले रुचाउँछन् भन्नेमा आशावादी छु ।’ गायिका अनिला राई बेलायतमा बसेर पनि नेपाली गीत संगीतलाई निरन्तरता दिँदै आएकी हुन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-04-09
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
