काठमाडौँ । नयाँ शैक्षिक सत्र वैशाख १५ बाट र विद्यालयहरुमा पठनापाठन बैशाख २१ गतेबाट हुने भएको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मन्त्रिपरिषद्को चैत २२ गतेको निर्णय अनुसार परिवर्तित शैक्षिक सत्र एवं सार्वजनिक बिदा अनुसार विद्यालयहरुलाई शैक्षिक कार्यक्रम सञ्चालन गर्न सर्कुलर जारी गरेको छ ।
केन्द्रले विद्यालयहरूलाई नयाँ शैक्षिक सत्रअनुसार वार्षिक कार्ययोजना निर्माण गर्न, कार्यतालिका निर्माण गर्न, विद्यालय सुधार योजना निर्माण गर्न, शिक्षकको पेशागत क्षमता विकासका कार्य गर्न र विद्यार्थी सिकाइ उपलब्धि सुधारसम्बन्धी योजना निर्माण गर्न अनुरोध गरेको छ ।
यसअघि सरकारले वैशाख १ बाट सुरु गरेर भर्ना अभियान चलाउने गर्दथ्यो भने निजी विद्यालयहरुले त्यसभन्दा पहिलेदेखि नै शैक्षिक सत्र सुरु गर्ने गरेका थिए । अबदेखि भने सरकारी र निजी दुवै विद्यालयमा एकै समयमा नयाँ शैक्षिक सत्र संचालन गर्न, सो अघि विद्यार्थी भर्ना नगर्न र एक पटक भर्ना भएपछि भर्ना शुल्क समेत नलिन सरकारले स्पष्ट निर्देशन दिएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-04-09
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
