काठमाडौं । नेपाल क्यान्सर निवारण प्रतिष्ठानले बुधबार (आज) एक विशेष समारोहबीच ‘मिस ईको इन्टरनेशनल नेपाल–२०२६’ सेजल राजभण्डारीलाई सद्भावना दूत नियुक्त गरेको छ । राजधानी काठमाडौंमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको सभागिताका बीच सेजललाई सद्भावना दूत नियुक्त गरेको हो ।

नेपाल क्यान्सर निवारण प्रतिष्ठानका अध्यक्ष हरि गोपाल प्रधानले कार्यक्रममा बोल्दै प्रतिष्ठानले अर्वुद क्यान्सर रोगको उपचारात्मक सेवा सर्वसुलभ बनाउने, आधुनिक प्रविधि र प्रतिकारात्मक उपायमार्फत रोगको रोकथाम गर्ने तथा दीर्घकालीन रूपमा क्यान्सर हुन नदिने उपायहरूको खोजी गर्ने आफ्नो मूल उद्देश्य रहेको स्पष्ट पारेका थिए ।

यस अभियानलाई देशव्यापी रूपमा सशक्त बनाउन समाजका प्रभावशाली व्यक्तित्वहरूको भूमिका महत्वपूर्ण रहने विश्वाससमेत व्यक्त गरेका थिए ।

सद्भावना दूतको प्रमाणपत्र ग्रहण गरेपछि सेजल राजभण्डारीले आफूलाई प्रदान गरिएको जिम्मेवारीप्रति कृतज्ञता व्यक्त गर्दै क्यान्सर विरुद्धको सचेतना अभियानमा सक्रिय रूपमा योगदान पु¥याउने प्रतिबद्धता जनाइन् । ‘क्यान्सर जस्तो जटिल रोगबारे जनचेतना फैलाउनु आजको आवश्यकता हो । यस अभियानमा जोडिन पाउनु मेरो लागि गर्वको विषय हो’ उनले भनिन् । साथै, प्रारम्भिक चरणमै रोग पहिचान र समयमै उपचारको महत्त्वबारे जनतालाई सचेत गराउने आफ्नो प्राथमिकता रहने उनले उल्लेख गरिन् ।

कार्यक्रम न्हुजः गुठीका अध्यक्ष सुरबहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रतिष्ठानका कार्यक्रम प्रमुख युबिका श्रेष्ठ, अभिशा रसाइँली, रामकृष्ण गर्तौला, ग्रीन आट्र्स मिडियाको डाइरेक्टर अनिला श्रेष्ठ लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । साथै, हिपहप सम्राट तथा प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष निर्णय श्रेष्ठ (एनएसके)को विशेष उपस्थिति कार्यक्रमको आकर्षण बनेको थियो ।

प्रतिष्ठानका अध्यक्ष तथा वरिष्ठ सञ्चारकर्मी हरि गोपाल प्रधानको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सञ्चालक प्रविन लाकोलले आफ्नो सशक्त उदघोषण कला प्रस्तुत गर्दै कार्यक्रमलाई थप प्रभावशाली बनाएका थिए ।

उक्त कार्यक्रममार्फत नेपाल क्यान्सर निवारण प्रतिष्ठानले क्यान्सरविरुद्धको राष्ट्रिय अभियानलाई अझ सशक्त बनाउने र समाजका विभिन्न तहमा जनचेतना अभिवृद्धि गर्ने लक्ष्यलाई पुनः प्रतिबद्धता जनाए ।





















रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-04-08
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
