काठमाडौं । सरकारी कार्यालय अब बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्ने भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णय अनुसार आजदेखि सरकारी कार्यालयहरु बिहान ९ बजेदेखि बेलुका पाँच बजेसम्म खुल्ला हुने भएका हुन् ।
यसअघि कार्यालय समय बिहान १० बजेदेखि ५ बजेसम्म थियो । जाडोयाम (कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म) भने कार्यालय समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सन्चालन हुन्थ्यो ।
मन्त्रिपरिषद् बैठकले इन्धन खपत घटाउनका लागि शनिबार र आइतबार दुई दिन बिदा दिने तथा सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको थियो । यस सम्बन्धी निर्णय हिजो नै राजपत्रमा प्रकाशित भइसकेको छ ।
सरकारी कार्यालय बिहान ९ देखि स्झ ५ बजे सञ्चालन गर्ने यो पहिलो निर्णय भने होइन । यसअघि १ जेठ, २०७९ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि बिहान साढे ९ देखि बेलुकी साढे ५ बजेसम्म कार्यालय खुल्ने अभ्यास गराएको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-04-06
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
