काठमाडौँ । संघीय संसद सचिवालयले सभामुखको निर्वाचनको कार्यतालिका सार्बजनिक गरेको छ । सचिवालयका अनुसार सभामुखको निर्वाचन चैत्र २२ गते आइतबार बिहान ११ बजेको प्रतिनिधि सभाको बैठकमा हुने भएको छ ।
सचिवालयले सार्बजनिक गरेको तालिका अनुसार चैत्र २० गते बिहान ११ बजेदेखि दिउसो २ बजेसम्म संसद सचिवालयमा मनोनयन दर्ता हुने छ । त्यस्तै सोहि दिन दिउसो साढे २ बजे उम्मेदारको नाम प्रकाशित हुने छ भने चैत्र २२ गतेको प्रतिनिधि सभाको बैठकमा सभामुखको निर्वाचनको प्रस्ताव पेश हुने सचिवालयले जनाएको छ ।
प्रतिनिधि सभामा रास्वपाको बहुमत रहेकाले रास्वपाले अगाडी सारेका उपसभापति डिपी अर्याल सभामुख बन्ने निश्चित रहेको छ ।

रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-04-02
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
