काठमाडौँ । आजदेखि यस बर्षको एसइइ परीक्षा शुरु हुदैछ । परीक्षा नियन्त्रण कार्यालयले एसइइ परीक्षाको सबै तयारी पुरा भएको जानकारी दिएको छ ।
कार्यालयका अनुसार यस वर्ष ५ लाख १२ हजार ४२१ विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । जसमा २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र ७ अन्य रहेका छन् । जापानको एभरेस्ट स्कुलमा २३ विद्यार्थीले पनि परीक्षा दिदैछन् ।
त्यस्तै जापानको एभरेस्ट स्कुलसहित कुल एक हजार ९६६ परीक्षा केन्द्रमा परीक्षा संचलान हुने कार्यालयले जानकारी दिएको छ । परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहयोगी र सुरक्षाकर्मी गरी झण्डै ७३ हजार जनशक्ति परिचालन हुने गरी व्यवस्थापन गरिएको छ ।
परीक्षा नियन्त्रण कार्यालयले परीक्षा हलमा मोबाइल फोन, स्मार्ट घडी, विद्युतीय उपकरणलगायत प्रयोग गर्न प्रतिबन्ध लगाइएको जानकारी दिएको छ ।
परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण सम्बन्धित परीक्षा केन्द्रबाटै गर्ने भएको छ । एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने योजना अनुसार परीक्षा जहाँ भएको हो, त्यहीँबाट उत्तरपुस्तिका परीक्षण गर्न लागिएको हो । परीक्षा सकिएको तीन दिन भित्र उत्तर पुस्तिका जाँच गरेर सक्ने गरि बोर्डले सबै केन्द्रमा सर्कुलर पठाइसकेको बताएको छ ।
नतिजा एक महिनामा सार्वजनिक गर्न मन्त्रालयको निर्देशन रहेको र त्यसका लागि परीक्षा केन्द्रमा नै परीक्षण केन्द्र कायम गरी उत्तरपुस्तिका परीक्षण गर्ने निर्णय भएको एसईई परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिएका छन् ।
परीक्षा तालिका
बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षाको आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा छ भने दोस्रो दिन चैत्र २० गते अनिवार्य नेपाली, तेस्रो दिन चैत्र २२ गते अनिवार्य गणित, चैत्र २३ गते अनिवार्य विज्ञान, चैत्र २४ गते अनिवार्य सामाजिक अध्ययनको परीक्षा हुने भएको छ । परीक्षा चैत २९ गते आइतबारसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ । गतबर्ष चैत्र ७ गतेदेखि भएको एसइई परीक्षा यस बर्ष १२ दिन पछि सारिएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-04-02
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
