काठमाडौं । पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले सडकमा प्रदर्शन सुरु गरेका छन् । जेनजी आन्दोलनको जाँझबुझ गर्न बनेको आयोगको प्रतिवेदनको प्रति जलाउँदै उनीहरुले विरोध प्रदर्शन गरेका छन् ।
एमाले केन्द्रीय कार्यालय च्यासलनजिक एमाले कार्यकर्ताले टायर र कार्की आयोगको प्रतिवेदनको प्रति बालेर प्रदर्शन गरेका हुन् । उक्त स्थानमा प्रहरीको उपस्थिति भने न्यून छ ।
एमाले कार्यकर्ताले पत्रकारलाई धम्कीपूर्ण भाषासमेत प्रयोग गरेका छन् । पत्रकारलाई उनीहरुको भनेका छन्, ‘देश जल्दा कहाँ थियौ ? अहिले किन खिच्या ? ब्याक हौ ।’
जेनजी आन्दोलनको जाँझबुझ गर्न सुशीला कार्की नेतृत्वको अन्तरिम चुनावी सरकारले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वमा जाँझबुझ आयोग बनाएको थियो । चुनावपछि गठन भएको बालेन नेतृत्वको वर्तमान सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय हिजो गरेको थियो । सरकार गठन भएको पहिलो दिन नै प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय लिए लगत्तै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउको प्रक्रिया सुरु गरिएको थियो ।
शनिबार बिहान ओली र लेखक पक्राउ परेपछि एमालेले देशभर विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-03-28
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
