काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता चयन गरेको छ । विहिबार केन्द्रीय कार्यालय बनस्थलीमा बसेको संसदीय दलको बैठकले बालेनलाई सर्वसम्मत संसदीय दलको नेता चयन गरेको हो ।
योसंगै अब बालेन शाह देशको नयाँ प्रधानमन्त्री बन्ने औपचारिकरुपमा निश्चित भएको छ ।
यस अघि रास्वपाको केन्द्रीय समिति बैठकले बालेन शाहलाई संसदीय दलको नेता चयन गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको थियो । सभापति रवि लामिछानेको प्रस्तावमा सो प्रस्ताव सर्वसम्मत पारित भएको थियो । अब बालेनले भोली शुक्रबार प्रधानमन्त्री पदको शपथ लिने तयारी गरेका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-03-26
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
