काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीविरुद्ध चौतर्फीरुपमा कुप्रचार गरिएको दाबी गरेका छन् ।
विहिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा नवनिर्वाचित सांसदहरुलाई विशेष निर्देशन दिने कार्यक्रममा वोल्दै ओलीले फागुन २१ को निर्वाचनमा पार्टीविरुद्ध चौतर्फीरुपमा कुप्रचार गरिएको बताउदै नतिजा अस्वाभाविक भएको बताएका हुन् ।
ओलीले निर्वाचन प्रक्रिया र परिणामबारे विस्तृत टिप्पणी गर्ने बेला नभए पनि अहिलेको नतिजा स्वभाविक नभएको बताए । उनले भने- ‘हामी नराम्रो काम गरेर पछाडि परेका होइनौं । हामीमाथि असत्य र कुप्रचारबाट प्रहार भयो । हाम्रो सभ्य शैलीले त्यसको मुकाबिला गर्न सकेन ।’
ओलीले पार्टीका नेता कार्यकर्तालाई सामाजिक सञ्जालको अत्यधिक र प्रभावकारी प्रयोग गर्न निर्देशन दिदै सामाजिक सञ्जालमा स्टाटस लेख्दा चाहिनेभन्दा बढी नचाहिने कुरा लेख्ने गरेको र ती प्रवृत्ति सच्याउनु पर्ने बताए । उनले भने- हामी आफैले सामाजिक सञ्जालको अत्यधिक प्रयोग गर्नुपर्छ र बोल्नु पर्छ । अहिलेको कुप्रचारलाई चिर्न तथ्यमा आधारित भएर प्रस्तुत हुन आवश्यक छ ।’
ओलीले एमालेका नेताहरुले नै पार्टीमा भोट नहालेको, चुनाव प्रचारमा नखटेको र अहिले सामाजिक सञ्जालमा पार्टीविरुद्ध नै अभिव्यक्ति दिदै हिडेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-03-26
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
