काठमाडौँ । प्रतिनिधि सभाका सबैभन्दा ज्येष्ठ सदस्य नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीको आज शपथ लिदैछन् । उनले आज बिहान ११ बजे शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट सांसदको पद तथा गोपनियताको शपथ लिन लागेका हुन् ।
नेपाली कांग्रेसको समानुपातिकबाट सांसद बनेका केसीले राष्ट्रपतिबाट शपथ लिएपछि उनैले आगामी चैत १२ गते अन्य सांसदहरुलाई शपथ गराउनेछन् । सांसदहरुको शपथ भने सिंहदरबारमा हुनेछ । त्यसको लागि संसद सचिवालयले निर्माणाधीन नयाँ संसद भवनको बहुउद्देश्यीय हललाई तयार भइसकेको छ ।
चैत्र १२ गते सांसदहरुको शपथपछि चैत्र १३ गते शुक्रबार नयाँ प्रधानमन्त्रीको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साहले शपथ लिने तयारी गरिएको छ । उनले शीतल निवासमै शपथ लिने तयारी गरिएको छ । बालेनलाई रास्वपाले यसअघि नै बालेनलाई सर्वसम्मत संसदीय दलको नेता चयन गर्ने बताएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-03-25
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
