काठमाडौँ । इरानले अमेरिकासँग कुनै पनि प्रकारको वार्ता नभएको स्पष्ट पारेको छ । इरानको विदेश मन्त्रालयले वर्तमान अवस्थामा अमेरिकासँग वार्ता गर्ने अवस्था नरहेको समेत जनाएको छ ।
इरानी समाचार एजेन्सी मेहर समाचार एजेन्सीका अनुसार मन्त्रालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ऊर्जा मूल्य घटाउने र आफ्नो योजना अघि बढाउन समय लिनका लागि यस्ता अभिव्यक्ति दिइरहेको आरोप लगाएको छ ।
मन्त्रालयले क्षेत्रीय देशहरूले तनाव कम गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै ती देशहरूको चिन्ता अमेरिकासामु राखिनुपर्ने बताएको छ । साथै युद्धको सुरुआत अमेरिकाले गरेको दाबी पनि इरानले गरेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-03-24
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
