काठमाडौँ । विभिन्न २२ देशले स्ट्रेट अफ होर्मुजमाको अवस्थाबारे संयुक्त वक्तव्य जारी गर्दै इरानका गतिविधिको कडा निन्दा गरेका छन् ।
संयुक्त अरब इमिरेट्स, संयुक्त अधिराज्य, फ्रान्स, जर्मनी, इटाली, नेदरल्याण्ड्स, जापान, क्यानडा, कोरिया गणराज्य, न्यूजील्याण्ड, डेनमार्क, लाटभिया, स्लोभेनिया, इस्टोनिया, नर्वे, स्वीडेन, फिनल्याण्ड, चेक गणराज्य, रोमानिया, बहराइन, लिथुआनिया र अष्ट्रेलियासहितका देशहरूले इरानले निहत्था व्यापारिक जहाज, तेल तथा ग्यास संरचना र नागरिक पूर्वाधारमाथि गरेको आक्रमणको विरोध गरेका हुन् । उनीहरूले इरानले जलडमरूमध्य बन्दजस्तै अवस्था सिर्जना गरेको आरोप पनि लगाएका छन् ।
उनीहरुले बढ्दो द्वन्द्वप्रति गहिरो चिन्ता व्यक्त गर्दै इरानलाई धम्की, माइन बिछ्याउने, ड्रोन तथा मिसाइल आक्रमण रोक्न र व्यापारिक जहाज आवतजावतमा अवरोध नगर्न आग्रह गरेका छन् । साथै संयुक्त राष्ट्र सुरक्षा परिषद्को सम्बन्धित प्रस्ताव पालना गर्न पनि माग गरेका छन् ।
वक्तव्यमा अन्तर्राष्ट्रिय कानुनअनुसार समुद्री मार्गमा स्वतन्त्र आवतजावत सुनिश्चित गर्नुपर्ने उल्लेख गर्दै यस्तो अवरोधले विश्व ऊर्जा आपूर्ति र शान्तिमा असर पार्ने चेतावनी दिइएको छ ।
देशहरूले नागरिक पूर्वाधारमाथि हुने आक्रमण तुरुन्त रोक्न माग गर्दै होर्मुज जलडमरूमध्यमा सुरक्षित आवतजावत सुनिश्चित गर्न आवश्यक पहलमा सहयोग गर्न तयार रहेको जनाएका छन् ।
ऊर्जा बजार स्थिर बनाउन रणनीतिक पेट्रोलियम भण्डार प्रयोग गर्ने निर्णयको स्वागत गर्दै उत्पादन वृद्धि गर्न पनि केही देशसँग सहकार्य गरिने उल्लेख गरिएको छ ।
साथै सबै देशलाई अन्तर्राष्ट्रिय कानुनको पालना गर्दै समुद्री सुरक्षा र स्वतन्त्र आवतजावत सुनिश्चित गर्न आह्वान गरिएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-03-22
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
