काठमाडौं । नेपाली कांग्रेसको नेतृत्व लिएको साढे दुई महिना नपुग्दै गगन थापाले राजिनामा दिए । गत माघ १ गते विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्विरोध निर्वाचित भएका थिए । तर, फागुन २१ गते सम्पन्न निर्वाचनमा कांग्रेसको सर्वनाक हारसँगै चैत ३ गते साभपतिबाट उनले राजीनामा दिएका छन् ।
गगन थापाले कांग्रेस सभापतिबाट राजीनामा दिएसँगै राजनीतिकबृतमा दुईथरी चर्चा छ । एकथरी भन्छन्, ‘गगन थापा कांग्रेसको म्यादी सभापति भए । जो तीन महिना पनि टिकेनन् ।’ निर्वाचनका लागि नियुक्ति गरिएका म्यादी प्रहरीले समेत ४० दिन ड्य्टी गरे । तर, गगन थापाले सभापति भएर ४० दिन पनि राम्ररी कांग्रेस सुधारका लागि का मगर्न नपाएपछि यस्तो चर्चा गरिएको हो ।
अर्कोथरी भन्छन्, ‘गगन थापाले नैतिकताका आधारमा सभापतिबाट राजीनामा दिए । नेता भनेको गगन जस्तो हुनुपर्छ ।’
कांग्रेसको आन्तरिक विवाद र संगठन सुधार्छु भन्दै सभापति बनेका गगनले पार्टीले चुनावमा सर्वनाक हार बेहोरपछि राजीनामा दिएका हुन् । त्यसैले यस्तो चर्चा गरिएको हो । उनले विश्वप्रकाश शर्मालाई बुझाएको राजीनामा पत्रमा समेत यही बेहोरा उल्लेख गरेका छन् । पार्टीले नसोचको हार बेहोरेपछि नैतिकताका आधारमा आफू सभापतिमा बसिरहन नसकेको उनको भनाइ छ ।
उनी पार्टीको सभापति बन्दै गर्दा भनेका थिए, ‘कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छु ।’ तर कांग्रेसको शान होइन, साख समेत बचाउन असफल भए । सभापति पदमा निर्वाचित भएपछि विशेष महाधिवशेनस्थलमा उनले नेता तथा कार्यकर्ता, शुभेच्छुकलाई सम्बोधन गर्दै पार्टी सदस्यलाई कांग्रेस भएकामा गौरव गर्ने पार्टी बनाउने दृढता समेत व्यक्त गरेका थिए ।
उनले भनेका थिए, ‘जुन विश्वासका साथ सभापतिको जिम्मेवारी सुम्पिनुभएको छ, तपाईँहरु कसैको पनि शिर निहुरिने अवस्था आउने दिने छैन । नेपाली कांग्रेस पार्टीको शान राख्छु । यो पार्टीमा लाग्ने तमाम साथीहरुले नेपाली कांग्रेस भएकामा गौरव गर्ने बनाउँछु । नागरिकलाई अप्ठयारो अवस्थामा कांग्रेस छ भन्ने काम पार्टीले गर्नेछ ।’ त्यतिखेर उनले पार्टी अब सबै प्रकारका परिवारवाद र गुटबाट मुक्त भएको घोषणा समेत गरेका थिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-03-20
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
