काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचन प्रतिवेदन बुझाएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरु सरकार गठनको छलफलमा जुटेका छन् ।
रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह, उपसभापतिद्वय डिपी अर्याल र डा. स्वर्णिम वाग्ले सरकार गठनको छलफलमा जुटेका हुन् ।
आयोगले निर्वाचन प्रतिवेदन राष्टपतिलाई बुझाएपछि सरकार गठनको बाटो खुलेको छ । अब रास्वपाले सांसदहरुको शपथ अघि नै सरकार गठन गर्छ या संघीय संसद सचिवालय तय गरेको चैत्र १२ गतेको शपथ गराउने मितिसम्म पर्खिन्छ भन्ने स्पष्ट भएको छैन ।
यसअघि २०७४ सालको निर्वाचनपछि केपी शर्मा ओलीले संसदहरुको शपथ अघि नै सरकार निर्माण गरेका थिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-03-20
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
